Logo

Banner-news

महावीर पुनको आविष्कार केन्द्रको खातामा जापानी वृद्धद्वारा अचानक ५७ लाख जम्मा !


GDP Nepal
   १ भाद्र २०७६, आइतबार


काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले सरकारबाट पर्याप्त सहयोग नपाइरहेको र अपेक्षित रुपमा सहयोग पनि जुट्न नसकिरहेको बेला एक जापानीले आश्चर्यजनक रुपमा ५७ लाख ३७ हजार रुपैयाँ सहयोग गरेका छन् । आविष्कार केन्द्रका सञ्चालक महावीर पुनका अनुसार ति जापानीलाई उनले चिनेका पनि छैनन् र ति जापानी हालसम्म नेपाल आएका पनि छ्रैनन् ।

आविष्कार केन्द्रलाई सहयोग गर्ने जापानी उमेरले ७५ वर्षीय हुन् । उनले राष्ट्रिय आविष्कार केन्द्रको हिमालयन बैंक लिमिटेडको खातामा ५१ हजार अमेरिकी डलर जम्मा गरेका छन् । हालको सटहीदर अनुसार यसको मूल्य ५७ लाख ३७ हजार ५७६ रुपैयाँ हुनेछ ।

हाल अवकास जीन्दगी बिताइरहेका ति जापानी सेइची वातानाबे हुन् र उनी जापानको चिबा प्रिफेक्चर भन्ने स्थानमा बसछन् ।

डा. सन्दीप शाक्यसँग जापानी नागरिक सेइची वातानाबे (बायाँ)

राष्ट्रिय आविष्कार केन्द्रको बारेमा जानकारी भने उनले जापानमै रहेका नेपाली विद्यार्थी डा. सन्दीप शाक्यबाट पाएका हुन् ।

शाक्य जापानको अस्पतालमा काम गरिरहेका छन् । उनी र जापानमा काम गर्ने नेपाली डाक्टरहरु मिलेर आशा नामक एउटा संस्था खोलेर नेपालमा स्वास्थ्य क्षेत्रमा सहयोगहरु गरिरहेका छन् ।

सन्दीपले काम गर्ने अस्पतालमा वातानाबे सान भन्ने जापानी नागरिक उपचारको क्रममा आउने रहेछन र सन्दीपले नै उनको उपचार पनि गर्दा रहेछन् । यसरी चिनजान भएछ र उपचारको क्रममा भेटघाट हुने रहेछ । त्यहि सिलसिलामा निज जापानिजले आफु नेपाल नगएको भएपनि नेपाललाई सहयोग गर्ने ईच्छा देखाएछन् र कुन कामको लागी नेपालमा कसलाई सहयोग गर्दा राम्रो हुन्छ भनेर सन्दीपलाई सोधेछन ।

डा. सन्दीपले पनि राष्ट्रिय आविष्कार केन्द्र र यसको काम को बारेमा सम्पूर्ण जानकारी दिएर आविष्कार केन्द्रलाई सहयोग गर्यो भने नेपाल र नेपालीहरुलाई धेरै फाइदा हुन्छ भनेछन् । सन्दीपले ति जापानिजलाई राष्ट्रिय आविष्कार केन्द्रको हिमालयन बैंक लिमिटेडको खाता नम्बर दिएछन् र ति जापानीले यसरी सहयोग गरेको पुनले फेसबुकमा लेखेका छन् ।

प्रकाशित : १ भाद्र २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह