Logo

मुख्य समाचार

भिजिट नेपालको प्रवर्द्धनका लागि ललितपुर उवासंघले वाकाथन गर्दै


GDP Nepal
   २ भाद्र २०७६, सोमबार


ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले भिजिट नेपाल २०२० को प्रवद्र्धनका लागि वाकाथन कार्यक्रमको आयोजना गर्ने भएको छ । संघले आउँदो असोज ४ गते ललितपुरका विभिन्न सम्पदास्थल समेट्दै १९ किलोमिटर लामो वाकाथन आयोजना गर्ने जानकारी दिएको छ ।

झन्डै २ हजारको सहभागिता रहने वाकाथन पाटन दरवार स्क्वायरबाट सुरु भएर ग्वार्को, इमाडोल, सानागाउँ, लुभु, हरिसिद्धि, धापाखेल, सुनाकोठी, बुङमति हुँदै खोकना पुगेर सम्पन्न हुनेछ । भिजिट नेपाल २०२० को प्रवद्र्धनका लागि गरिएको यस वाकाथनका लागि कुमारी बैंकसँग सहकार्य गरिएको संघका अध्यक्ष कृष्णलाल महर्जनले सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

वाकाथनका लागि टिसर्ट सार्वजनिक गर्दै संघका अध्यक्ष महर्जन र कुमारी बैंकका डेपुटी सीईओ गिरी

संघले वाकाथनको दर्ता शुल्क ५ सय रुपैयाँ निर्धारण गरेको छ र सो कार्यक्रमबाट प्राप्त आम्दानी पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणमा खर्च हुने जनाएको छ । नेवारहरुको इष्ट देवताका रुपमा रहेको भीमसेन मन्दिर २०७२ को भूकम्पबाट क्षतिग्रस्त भएको थियो ।

भीमसेन मन्दिर पुनर्निर्माणको लागत ४ करोड ९३ लाख रुपैयाँ अनुमान गरिएको छ भने ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा यसको पुनर्निर्माण भइरहेको छ । संघका अध्यक्ष महर्जनका अनुसार संघले आफैं १० लाख रुपैयाँ संकलन गरे सुरु गरेको चन्दा संकलन अभियानमा ललितपुर महानगरपालिका, प्रदेश ३ सरकार, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतले सहयोगको घोषणा गरेका छन् ।

अध्यक्ष महर्जनले भिजिट नेपाल २०२० मा नेपालको पर्यटन प्रवद्र्धनसँगै ललितपुरलाई पनि विश्वमा चिनाउने महत्वपूर्ण अवसर आएको र त्यसका लागि यस्ता प्रतियोगिता आयोजना गर्ने धारणा राखे । कार्यक्रममा कुमारी बैंकका डेपुटी सीईओ राजीव गिरीले सम्पदा संरक्षण तथा पर्यटन प्रवद्र्धनमा हातेमालो गर्न पाउँदा गौरव महशुस भएको बताए ।

प्रकाशित : २ भाद्र २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह