Logo

Banner-news

सुमार्गीको ‘हेलो नेपाल’को लाइसेन्स खारेज


GDP Nepal
   २ भाद्र २०७६, सोमबार


काठमाडौं । विवादास्पद व्यवसायी अजेयराज सुमार्गीको लगानी रहेको टेलिकम कम्पनी हेलो नेपालको लाइसेन्स खारेज गरेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हेलो नेपालको सञ्चालक नेपाल स्याटेलाइट टेलिकम कम्पनीको लाइसेन्स खारेज गरेको हो ।

प्राधिकरण वोर्ड बैठकले झन्डै ८० करोड रुपैयाँ बक्यौता नतिरेपछि कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो । कम्पनीले ‘हेलो नेपाल’ मार्फत पश्चिम नेपालमा दूरसञ्चार सेवा विस्तार गरेको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारलाई तिर्नुपर्ने बक्यौता नबुझाएपछि लाइसेन्स खारेज गरिएको जानकारी दिए । प्राधिकरणको निर्णय चित्त नबुझे कम्पनीले ३५ दिनभित्र सरकारविरुद्ध पुनरावेदनमा जान सक्नेछ ।

दूरसञ्चार क्षेत्रमा ठूलो कम्पनीको लाइसेन्स खारेज भएको पहिलो पटक हो । दूरसञ्चार क्षेत्रलाई व्यवस्थित र कानुनसम्मत ढंगले सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने उनले बताएका छन् ।

कम्पनीले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालन गर्नेगरी २०६४ मा लाइसेन्स पाएको थियो । मध्य तथा सुदुरपश्चिममा सेवा दिइरहेको उक्त कम्पनीले उपत्यकाबाहिर मात्रै सेवा दिँदै आएको छ ।

प्रकाशित : २ भाद्र २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह