Logo

Banner-news

थपिँदै महँगीः दूधको मूल्य लिटरकै १० रुपैयाँ बढ्ने, आज निर्णय !


GDP Nepal
   ३ भाद्र २०७६, मंगलबार


काठमाडौं । उपभोक्तालाई मूल्यवृद्धिको भार थपिने क्रम जारी छ । बजेटदेखि अन्य वस्तुमा मूल्यवृद्धिको मार खेपिरहेका उपभोक्ताले अबदेखि दैनिक उपभोग्य वस्तु दूधमा पनि अतिरिक्त मूल्य तिर्नुपर्ने भएको छ ।

सरकारले मंगलबार दूधको मूल्य बढाउने निर्णय गर्दैछ । जसअनुसार चालू सिजनका लागि प्रतिलिटर १० रुपैयाँ तथा दूध उत्पादन बढी हुने महिनामा प्रतिलिटर ६ रुपैयाँ मूल्यवृद्धि हुनेछ ।

अब उपभोक्ताले एक लिटर दूधका लागि चैतदेखि भदौसम्म ८० रुपैयाँ तथा भदौदेखि फागुनसम्म ७६ रुपैयाँ तिर्नुपर्नेछ । दूध उत्पादन बढी उत्पादन हुनेलाई फ्लस सिजन भनिन्छ भने कम उत्पादन हुने सिजनलाई लिन सिजन भनिन्छ ।

दूधको मूल्य निर्धारण गर्न बनाइएको कार्यदलले सरकारलाई सोमबार सुझाव बुझाइसकेको छ भने मंगलबार सरकारले निर्णय गर्ने जनाइएको छ ।

नयाँ मूल्य लागू भएमा फ्लस सिजनमा किसानले हाल पाइरहेको मूल्यमा थप ४ रुपैयाँ १४ पैसा र उद्योगले १ रुपैयाँ ८६ पैसा पाउनेछन् । यस्तै, लिन सिजनमा भने प्रतिलिटर ६ रुपैयाँ ९० पैसा किसानलाई र ३ रुपैयाँ १० पैसा उद्योगले पाउनेछन् ।

प्रकाशित : ३ भाद्र २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह