Logo

Banner-news

श्री एयरलाइन्स धमाधम विमान थप्दै, बजारमा भने अस्वस्थ प्रतिस्पर्धाको त्रास !


GDP Nepal
   ६ भाद्र २०७६, शुक्रबार


काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अर्को विमान पनि थप गरेको छ । एयरलाइन्सका कर्पाेरेट म्यानेजर अनिल मानन्धरका अनुसार कलसाइन नाइन एन एएनएफ विमान गत आइतबार काठमाडौं आइपुगेको छ । योसँगै श्री एयरलाइन्सको विमान संख्या ५ पुगेको छ ।

श्री एयरलाइन्सले आन्तरिक बजारमा बलियो उपस्थिति जनाएसँगै बजारका प्रभावशाली एयरलाइन्सहरु बुद्ध र यतिमा जति त्रास उत्पन्न भएको छ त्योभन्दा बढी आन्तरिक एयरलाइन्स बजार धरासायी हुने हो कि भन्ने चिन्ता यस क्षेत्रका सरोकारवालाको छ ।

यसअघि नेकोन एयर, कस्मिक एयरलगायतले पनि यस्तै महत्वकांक्षा देखाउँदा ति कम्पनीमात्र सकिएनन्, नेपाली हवाई उद्योग नै संकटमा परेको थियो । श्री को पछिल्लो आक्रामकताले पनि सोही नियति भोग्नु पर्ने हो कि भन्ने चिन्ता छ ।

तर, बजारको वृद्धि तुलनात्मक रुपमा निकै भएकाले पहिलेका एयरलाइन्ससँग दाँज्न नमिल्ने भनाइ पनि अर्काथरीको छ ।

श्रीले ल्याएको बम्बाडियर कम्पनीले क्यानाडामा निर्माण गरिएको विमान ८० सिट क्षमतायुक्त क्यू ४०० विमान हो । सोही मोडेलको अर्काे विमान भने १ सातामा काठमाडौं आइपुग्ने छ ।

यो विमानबाट जनकपुर, सिमरा र पोखरा उडान भर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीले ४ विमानबाट तराईका क्षेत्रमा उडान भर्दै आएको छ । एयरलाइन्सले बंगलादेशसहित भारतका ४ सहरमा उडान गर्नका लागि आन्तरिक तयारी गरिरहेको छ ।

प्रकाशित : ६ भाद्र २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह