Logo

Banner-news

भ्रमण वर्षको पूर्वार्द्धमा कैलाशले ल्यायो नयाँ हेलिकप्टर, रसुवामा पहिलो उडान


GDP Nepal
   ७ भाद्र २०७६, शनिबार


काठमाडौं । नेपाल भ्रमण वर्षको पूर्वार्द्धमा कैलास हेलिकप्टर कम्पनीले नयाँ हेलिकप्टर ल्याएको छ । कैलासले ल्याएको एयरबस कम्पनीको ’एच वन टु फाइभ’ हेलिकप्टरबाट पहिलो उडान रसुवाको टिमुरेमा गरिएको छ ।

कैलाशसँग यससँगै तीन वटा हेलिकोप्टर भएको छ । कम्पनीका प्रवन्ध निर्देशक प्रतापजंग पाण्डेका अनुसार नाइन एन एएमटी (अल्फा माइक ट्यांगो) कलसाइनको नयाँ हेलिकोप्टरले शुक्रबारबाट उडान सुरु गरेको हो ।

कैलास हेलिकप्टर

नेपाल नागरिक उड्डयन प्राधिकरणले अध्ययन प्रक्रिया पूरा गरिसकेपछि शुक्रबार उडान अनुमति दिएको थियोे । यो हेलिकोप्टरबाट काठमाडौं बेस राखेर विभिन्न गन्तब्यमा उडान गर्ने योजना बनाएको पाण्डेले बताए ।

कम्पनीले गत महिना हेलिकोप्टर भित्र्याएको हो भने प्राधिकरणको हवाई सुरक्षा विभागले अध्ययन सुरु गरेको जनाएको छ । कम्पनीको नयाँ हेलिकोप्टर एयर अपरेशन सर्टिफिकेट एओसी दर्ता गराइसकेको छ ।

प्रकाशित : ७ भाद्र २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह