Logo

Banner-news

गोल्यान ग्रुपले ल्यायो ‘माटो’ ब्रान्डमा विषादीरहित तरकारी, झापामा २ सय बिघामा खेती


GDP Nepal
   ८ भाद्र २०७६, आइतबार


काठमाडौं । मुलुकको प्रतिष्ठित व्यावसायिक घराना गोल्यान समूहले ‘माटो’ ब्राण्डमा विषादीमुक्त तरकारी बजारमा ल्याएको छ ।

गोल्यान समूह अन्तर्गतको गोल्यान एग्रो प्रालिले माटो ब्राण्डमा कृषि उपजको उत्पादनसगै बिक्री सुरु गरेको समूहका अध्यक्ष पवन गोल्यानले जानकारी दिए । उनका अनुसार समूहद्वारा उत्पादित तरकारी सम्पूर्ण रुपमा विषादीरहित छन् भने यसले मानव स्वास्थ्यको रक्षासँगै मुलुकको बढ्दो व्यापारघाटा नियन्त्रणमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।


गोल्यान एग्रो प्रालिले पहिलो चरणमा झापाका विभिन्न स्थानमा २ सय बिघा जग्गा खरिद गरेर व्यावसायिक फार्मको स्थापना गरेको छ । जसबाट देशको आवश्यकताअनुसार तरकारी तथा कृषि उपज उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । उत्पादनमा आफैं अग्रसर गोल्यान समूहले देशभरबाट प्रांगारिक कृषि उपज संकलन गरी माटो ब्राण्डमार्फत बजारीकरण गर्नेछ ।

किसानबाट तरकारी तथा कृषि उपज संकलन गर्दा उनीहरुको उत्पादन प्रणालीसँग जोडिएर प्रांगारिक उत्पादन भएको प्रमाणित भएपछि मात्र खरिद गरिने गोल्यानले बताए । “हामी शतप्रतिशत विषादीमुक्त र प्रांगारिक प्रमाणित नभएसम्म किसानबाट कृषि उपज खरिद गर्दैनौं,” गोल्यान भन्छन्, “हामीले माटो बाण्ड भनेकै प्रांगारिक कृषि उपजको पर्याय हो भनेर स्थापित गर्न चाहेकाले गुणस्तरप्रति सँधै सचेत रहनेछौं ।”

हाल बजारमा विषादीयुक्त तरकारीको विगविगी छ । भारतबाट आयातित तरकारीमा विषादी परीक्षण सुरु गरिए पनि उक्त निर्णय एक साता नबित्दै फिर्ता भयो । यसरी आयातित तरकारीले एकातर्फ व्यापारघाटा बढाएको र अर्कोतर्फ विषादीयुक्त तरकारी सेवनका लागि आम सर्वसाधारण बाध्य भएको भन्दै गोल्यान समूहले माटो ब्राण्डमार्फत विषादीमुक्त नेपाल निर्माण गर्ने अभियानको सुरुवात गरेको हो ।

अध्यक्ष गोल्यानका अनुसार प्रांगारिक तरिकाले उत्पादन गरिएको तरकारीमा शून्य विषादीसँगै फलफूलमा ५० प्रतिशतसम्म बढी एन्टी अक्सिडेन्ट (रोग प्रतिरोधक) क्षमता रहन्छ ।

माटो ब्राण्डमार्फत मौसमी तरकारीसँगै फलपूmल, चिया, कफी, मसला, वासनादार चामल, महलगायतका सबैखाले कृषिजन्य उपजहरु उपलब्ध हुने जनाइएको छ । यस्तै, यी उत्पादन काठमाडौंका भाटभटेनी, बिगमार्टलगायतका डिपार्टमेन्टल स्टोरहरुमा सहजै उपलबध हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ८ भाद्र २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह