Logo

Banner-news

आर्थिक पत्रकार समाजमा नयाँ नेतृत्व, कसलाई कति मत ?


GDP Nepal
   १४ भाद्र २०७६, शनिबार


काठमाडौं । आर्थिक पत्रकारहरुको छाता संगठन नेपाल आर्थिक पत्रकार समाज सेजनको २० औं साधारणसभाले कारोबार दैनिकका भीम गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । शनिवार राजधानीमा सम्पन्न सेजनको २० औं वार्षिक साधारणसभाले अध्यक्ष गौतमसहित १० सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

शनिबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले साधारणसभा उदघाटन गरेका थिए ।

सेजन उपाध्यक्षमा कारोबार दैनिककै सरस्वती ढकाल, महासचिवमा क्यापिटल नेपालका सुजन ओली, सचिवमा नयाँ पत्रिका दैनिकका कृष्ण रिजाल निर्वाचित भए । ढकालसहित सेजन कार्यसमितिमा पहिलोपटक एक पदाधिकारी र ३ सदस्यमा महिला निर्वाचित भएका छन् ।

अध्यक्षमा गौतमले १२०, उपाध्यक्षमा ढकालले ८३, महासचिवमा ओलीले १३५, सचिवमा कृष्ण रिजालले ९५ मत ल्याए । यस्तै, कोषाध्यक्षमा इमेज टेलिभिजनका हिमाल पौडैल निर्विरोध निर्वाचित भए ।

यस्तै, सदस्यहरुमा अन्नपूर्णपोष्ट दैनिकका विनय बन्जराले १७०, नयाँ पत्रिका दैनिकी मुँना कुँवरले १५२, द हिमालयन टाइम्सका सुजन ढुंगानाले १४८, अभियान दैनिककी हिमा विकले १३५ र क्यापिटल नेपालकी कमला अर्याल १०७ मत ल्याएर निर्वाचित भइन् ।

अध्यक्षमा गौतमसँग मोदनाथ ढकाल, उपाध्यक्षमा ढकालसँग विष्णु बेल्वासे र अनुजराज ढुंगेल तथा महासचिवमा ओलीसँग अच्युत पौडेल र सचिवमा रिजालसँग सागर घिमिरे र राजु चौधरी प्रतिस्पर्धामा थिए । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ ।

अध्यक्ष निर्वाचित गौतम यसअघि सेजनमा कोषाध्यक्ष र महासचिव रहिसकेका छन् । पत्रकारितमा एमफिल गर्दै रहेका गौतम जलस्रोत तथा अर्थतन्त्र विधामा केन्द्रित रहेर पत्रकारिता गरिरहेका छन् । यस्तै, उपाध्यक्षमा निर्वाचित ढकाल अर्थशास्त्रमा एमफिल गर्दैछिन् ।

प्रकाशित : १४ भाद्र २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह