Logo

Banner-news

एटीएमबाट रकम झिक्ने सीमा घटाइने


GDP Nepal
   १९ भाद्र २०७६, बिहिबार


काठमाडौं । चिनियाँ नागरिकले नेपाली बैंकहरुको एटीएमबाट अनधिकृत रुपमा रकम निकालेपछि त्यसको असर आम सर्वसाधारणमा पनि पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एटीएम ह्याक प्रकरणमा छानबिन गर्न गठन गरेको समितिले तत्कालका लागि एटीएमबाट रकम निकाल्ने सीमा घटाउन सुझाव दिएको छ ।

समितिको यस्तो सुझाव कार्यान्वयन भए एटीएमबाट रकम निकाल्न पाउने सीमा घट्नेछ । हाल सेवाग्राहीले प्रतिदिन ४० हजारदेखि १ लाख रुपैयाँसम्म एटीएमबाट निकाल्न पाउँदै आएकोमा अब भने त्यसको सीमा घट्नसक्ने देखिन्छ ।

चाडबाडका बेला यसरी एटीएमबाट रकम निकाल्ने सीमा घटाइने हो भने आम सेवाग्राही प्रत्यक्ष प्रभावित हुनेछन् । अधिकांश सेवाग्राहीले चेकबुकसमेत बोक्न छाडिसकेकाले एटीएम नचल्दा अहिले नै समस्या देखिएको छ भने सीमा घटाइँदा अर्को समस्या सिर्जना हुनेछ ।

समितिले एटीएमबाट रकम झिक्ने सीमा घटाउने, चिप बेस्ड कार्डमात्र प्रयोगमा ल्याउने तथा विद्युतीय भुक्तानी सेवाको बिमा गराउनेलगायतका सुझाव दिएको छ । केन्द्रीय बैंकले भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिले तत्काल फरेन्सिक इन्भेष्टिगेसन गर्न पनि सुझाव दिएको छ ।

प्रकाशित : १९ भाद्र २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह