Logo

Banner-news

टानमा लोकतान्त्रिक समूहका सुवेदी विजयीः सत्ताधारी व्यवसायी फुटे, प्रतिपक्षी एकजुट


GDP Nepal
   २१ भाद्र २०७६, शनिबार


काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा लोकतान्त्रिक प्यानलका खुमबहादुर सुवेदी विजयी भएका छन् ।

शुक्रबार भएको निर्वाचन परिणमअनुसार सुवेदीले अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा (कुमार)लाई ८३ मतान्तरले पछि पार्दै विजयी भए। टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि निर्वाचन भएको थियो ।

टानमा पछिल्लो एक दशकमा कांग्रेसनिकट रमेश धमलाबाहेक लोकतान्त्रिक समूहले अहिलेसम्म जीत हासिल गर्न सकेको थिएन । तर, शुक्रबारको निर्वाचनमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी निकट व्यवसायीहरुको बहुमत हुँदाहुँदै उनीहरुमा आएको फुट तथा प्रतिपक्षी नेपाली कांग्रेस निकट व्यवसायीबीचको बलियो एकताले सुवेदी समूह विजयी भएको हो ।

निर्वाचन समितिका अनुसार सुवेदीले ५२१ मत ल्याएर विजयी भए भने पराजित थापाले ४३८ मत प्राप्त गरेका छन् । यद्यपि, थापा समूहकी सरिता लामा महासचिवमा विजयी भइन् । उनले प्रतिद्वन्द्वी कर्मा शेर्पालाई उहाँले १३ मतले पराजित गरिन् ।

सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समूहका दामोदर ढकाल निर्वाचित भए ।

यस्तै, कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भए भने सदस्यमा थापा समूहकी ङिमादिकी शेर्पा निर्वाचित भइन् ।

कार्यसमिति सदस्यमा थापा समूहका पाँच जना ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समूहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएको टान निर्वाचन समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

१३१९ मतदाता रहेको टान निर्वाचनमा जम्मा ९८१ मतमात्र खसेको थियो ।

प्रकाशित : २१ भाद्र २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह