Logo

Banner-news

चन्द्रागिरीमा भीआईपी पाहुनाको अढाई घन्टा !


GDP Nepal
   २३ भाद्र २०७६, सोमबार


काठमाडौं । काठमाडौंको आकर्षक पर्यटकीय गन्तव्य चन्द्रागिरीमा मंगलबार बिहान अहिलेसम्मकै विशिष्ट पाहुना पुगे र अढाइ घन्टा बिताए । जसमध्ये एक घन्टाभन्दा बढी त उनी पैदलयात्रामै आसपासमा निस्किए ।

उनी अर्थात नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ सोमबार बिहान चन्द्रागिरी केबलकार चढेर चन्द्रागिरी हिल्स पुगेका हुन् । उनलाई आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत निर्देशक हेमराज ढकाल र अम्बिका प्रसाद पौडेल एवं महाप्रवन्धक अभिषेकविक्रम शाहले स्वागत गरे ।

अध्यक्ष ढकालका अनुसार विदेशमन्त्री वाङले काठमाडौं नजिकै सुन्दर पर्यटकीयस्थल बनेको भन्दै प्रशंशा गरे । उनले काठमाडौंमा यस्ता पूर्वाधारहरुको जरुरी रहेको पनि धारणा राखे ।

केबलकारमार्फत पुगेका वाङले त्यहाँ केहीबेर हाइकिङसमेत गरेका छन् । उनले करिब डेढ घन्टा चन्द्रागिरी क्षेत्रमा हिँडेको जनाइएको छ ।

वाङ चन्द्रागिरि हिल्स भ्रमण गर्ने उच्च चिनियाँ अधिकारी हुन् ।

प्रकाशित : २३ भाद्र २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह