Logo

ओली र मोदीले यसरी गरे पाइपलाइन उद्घाटन, निगमले इन्धनमा २ रुपैयाँ घटायो




काठमाडौं । नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार दुवै देशका प्रधानमन्त्रीले एकसाथ उदघाटन गरेका छन् । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आआफ्नै कार्यकक्षमा स्वीच थिचेर पाइपलाइन परियोवजनाको औपचारिक उदघाटन थरेका हुन् ।

भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइपलाइन परियोजनाको उदघाटन समारोह भिडियो कन्फरेन्समार्फत दुव्र प्रधानमन्त्रीले हेर्नसक्ने व्यवस्था मिलाइएको थियो ।

दक्षिण एसियाकै पहिलो ‘क्रसबोर्डर पाइपलाइन परियोजनाका रुपमा रहेको यसबाट पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल पनि ल्याइनेछ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर रहेको छ ।

पाइपलाइनबाट दैनिक ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने र यसबाट वार्षिक २ अर्ब ढुवानी खर्च जोगिने बताइएको छ ।

परियोजनाको उद्घाटनका क्रममा निगमका कार्यकारी निर्देशकसहितको उच्च प्राविधिक टोली भने अमलेखगञ्जमा रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा पाइप लाइन परियोजनाको शिलान्यास गरेका थिए । निर्धारित समयअगावै यो आयोजना सम्पन्न भएको थियो ।

यता, परियोजना सञ्चालनमा आएकै अवसर पारेर आयल निगमले मंगलबारबाटै डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ मूल्य घटाएको छ । नयाँ मूल्य मंगलबार दिउँसो १२ बजेबाटै लागू भएको छ ।

प्रतिक्रिया दिनुहोस्