Logo

सूचना/प्रविधि

नेपाल टेलिकमको मिस्ड कल अलर्ट सुविधा


GDP Nepal
   २४ भाद्र २०७६, मंगलबार


काठमाडौं । नेपाल टेलिकमले मोबाइलमा नेटवर्क नहुने वा ब्याट्री सकिएर मोबाइल स्वीच अफ भएको अवस्थामा समेत कल आएको बारेमा जानकारी लिन सकिने सुविधा ल्याएको छ।

टेलिकमले ल्याएको मिस्ड कल अलर्ट सुविधामार्फत मोबाइल बन्द हुँदा पनि कल गर्ने सबैको जानकारी आउनेछ ।

टेलिकमले यो सेवा पोष्टपेड तथा प्रिपेड मोबाइलमा उपलब्ध गराएको छ । यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र स्वीच अफ भएको अवस्थामा समेत कसैको फोन आएमा, एसएमएसमार्फत जानकारी पाउन सकिन्छ।

यो सेवा विदेश गई रोमिङमा रहेको अवस्थामा पनि त्यहाँको स्थानीय नेटवर्कसँग जोडिनासाथ उपलब्ध हुने टेलिकमले जनायो। यो सेवा लिन *१४००# डायल गरेर दिएका विकल्प अनुसार सब एमसिए लेखेर १४००मा एसएमएस पठाउनुपर्ने टेलिकमले जनाएको छ।यो सेवा लिन महिनाको ६ रुपैयाँ तिरे पुग्छ।

प्रकाशित : २४ भाद्र २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह