Logo

Banner-news

एनआरएनएमा चुनाव नजिकिँदा चन्दा दिने होडबाजी !


GDP Nepal
   २७ भाद्र २०७६, शुक्रबार


काठमाडौं । गैरआवासीय नेपालीको नवौं विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८ गते देखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ । यस वर्षको महाधिवेशनमा नेतृत्वका लागि निर्वाचनसमेत हुने भएकाले यसको रौनक झन बढेको छ ।

महाधिवेशनबाट नेतृत्वको दौडमा रहेका कुल आचार्य र कुमार पन्तको दौडाहा जारी छ । तर, महाधिवेशनका लागि स्रोतको अभाव भएपछि अध्यक्ष भवन भट्टले चन्दाका लागि खुला आह्वान गरेका छन् । अध्यक्ष भट्टले सापटीका रुपमा सहयोग माग गरेसँगै अध्यक्षका प्रत्याशी तथा हालका उपाध्यक्ष कुमार पन्तले १ करोड रुपैयाँ जम्मा गरेका छन् ।

कुमार पन्त

यस्तै, अमेरिका संयोजक गौरीराज जोशीले पनि एक करोड रुपैयाँ संघको खातामा जम्मा गरेका छन् । जोशी पनि आईसीसी सचिवका आकांक्षी हुन् । अध्यक्षका प्रत्यासी पन्तले १ करोड सापटी दिनुलाई भने कतिपयले आश्चर्यका रुपमा हेरेका छन् । अमेरिकामा विपत पर्दा ५० डलर पठाउनेले अहिले चुनावमा सहानुभूति बटुल्न १ करोड पठाएको भन्दै सामाजिक सञ्जालमा उनीहरुले टिप्पणी गरेका छन् ।

गौरीराज जोशी

अर्का उपाध्यक्ष एवं अध्यक्षका आकांक्षी कुल आचार्यलाई पनि पन्तको सापटीले दबाब सिर्जना गरेका छन् । नेतृत्व हस्तान्तरणको घोषणा गरिसकेका बहालवाला अध्यक्ष भवन भट्टले नवौं सम्मेलनका लागि यसरी नै चन्दा संकलनको उपाय रचेका छन् । विगतमा उनले पनि एनआरएन अभियानका लागि यसरी नै करोडौं खर्चिसकेका छन् ।

यस वर्षको विश्व सम्मेलन पनि विगतमा झैं नेपाल सरकार नेपाल उद्धोग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन गईरहेको छ । उक्त सम्मेलन आयोजनाका लागि नेपाल सरकार परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन भएको छ ।

संघको आन्तरिक आयोजक समिति संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको छ । सम्मेलन तथा महाधिवेशन सम्बन्धी तयारीका कामहरु तदारुकताका साथ अघि बढी रहेका छन् । यस वर्षको सम्मेलनको मूल विषय म, मेरो एनआरएनए, र मेरो नेपाल रहेको छ ।

सम्मेलनमा यसै विषयहरुमा आधारीत भएर विभिन्न शत्रहरुको आयोजना गरिने छ । सम्मेलनमा नेपाल सरकार यहाँका राजनैतिक दल एवं नागरिक समाजको उच्चस्तरीय सहभागीता रहने छ ।
यही विश्व सम्मेलनकै समयमा संघको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न हुने छ ।

प्रकाशित : २७ भाद्र २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह