Logo

ओली सरकार बनेपछि नेपालको आर्थिक स्वतन्त्रता खस्कियोः वैदेशिक लगानीमा संशय




काठमाडौं । विश्वका विभिन्न मुलुकको आर्थिक स्वतन्तत्रा मापन गर्ने फ्रेजर इन्स्टिच्यूटले यस वर्ष नेपालमा आर्थिक स्वतन्त्रताको अवस्था खस्किँदै गएको जनाएको छ । फ्रेजरले अध्ययन गरेका संसारका १६२ मुलुकमध्ये नेपालको स्थान ११० औं स्थानमा छ । अघिल्लो वर्षभन्दा नेपाल दुई स्थान तल ओर्लेको हो ।

केपी ओली नेतृत्वमा दुई तिहाई सरकार बनेपछि मुलुकमा लगानीमैत्री वातावरण बन्नुको साटो उल्टै आर्थिक स्वतन्त्रता कमजोर बन्दै गएको अन्तर्राष्ट्रिय प्रतिवेदनले मुलुकमा वैदेशिक लगानी भने नआउने देखिएको छ । सरकारले विभिन्न ऐन कानुनमार्फत निजी क्षेत्रलाई आतंकित बनाउँदै आएको छ । जसका कारण स्वतन्त्र रुपमा व्यापार व्यवसाय गर्नपाउने अधिकार नै कुन्ठित हुँदै आएको टिप्पणी गरिँदैछ ।

फ्रेजरद्वारा प्रकाशित इकोनोमिक फ्रिडम अफ द वर्ल्ड २०१९ प्रतिवेदनअनुसार नेपालको अवस्था न्यायिक स्वायत्तता शीर्षकमा गत वर्षभन्दा खस्केको छ ।

यसैगरी, नेपाल गतवर्षभन्दा कर तथा अन्तर्राष्ट्रिय व्यापारको क्षेत्रमा पनि गतवर्षभन्दा खस्केको छ भने नेपालको श्रम बजारका नीतिहरूको सूचकांकमा केही सुधार भएको छ ।

नेपालको आर्थिक स्वतन्त्रताको अवस्था खस्किए पनि चीन तथा बंगलादेशले सूचकांकमा सुधार गरेका छन् । भारत, पाकिस्तान तथा म्यानमारले भने सुधार गर्न सकेका छैनन् ।

प्रतिवेदनले आर्थिक स्वतन्त्रता भएका मुलुकका जनतम आर्थिक स्वतन्त्रता कम भएका मुलुकका जनताको दाँजोमा खुसी हुने, पुरुष तथा महिलाबिचको विभेद कम हुने, गरिबीको रेखाभन्दा अत्यन्त तल रहेकका जनसंख्या कम हुने, राजनीतिक तथा नागरिक अधिकारहरूद्धारा सम्पन्न हुने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्