Logo

एलपी ग्यास र हवाई इन्धनको मूल्य घट्यो, १३५० रुपैयाँमै ग्यास पाइने




काठमाडौं । पेट्रोल, डिजेल र मटीतेलको मूल्य यथावत राख्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य घटाएको छ । पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएसँगै पेट्रोल, डिजेल र मटीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको निगमले यसबाहेकका थप इन्धनको मूल्य घटाएको हो ।

निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको जनाएको छ।

अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर १ हजार अमेरिकी डलर कायम गरिएको छ । मूल्य घटेपछि ग्यासको मूल्य प्रतिसिलिण्डर १३५० रुपैयाँ कायम भएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही घटेसँगै स्थानीय बजारमा पनि घटाइएको छ । सेप्टेम्बर १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य घटेर आएको थियो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य समायोजन भएसँगै नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन टेवा पुग्ने निगमले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्