Logo

संविधान दिवसमा टेलिकमको ३ जीबी डाटा प्याक




काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले सय रुपैयाँमा ३ जीबी डाटा प्याक योजना सार्वजनिक गरेको छ ।

सम्पूर्ण ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा सय रुपैयाँमा ३ जीबी डाटा प्याक योजना ल्याएको टेलिकमले जनाएको छ ।

डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जीबीका दरले जम्मा ३ जीबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो । यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध छ । यस योजनामा सहभागी हुनका लागि स्टार १४१५ ह्यासमा डायल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्