Logo

Banner-news

रवीन्द्र मिश्रको चपाउने र देखाउने दाँत फरक रहेको प्रकाशमान पत्नी सिर्जनाको आरोप !


GDP Nepal
   ६ आश्विन २०७६, सोमबार


काठमाडौं । गत संसदीय निर्वाचनमा काठमाडौं–१ बाट निर्वाचनमा कडा प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र तत्कालीन विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रबीचको वाक् युद्ध धेरैले बिर्सेका छैनन् । काठमाडौं–१ का लागि दुवै पाहुना उम्मेदवार भए पनि कठिन प्रतिस्पर्धामा प्रकाशमानले बाजी मारे र मिश्रसँगै उनको पार्टी प्रतिनिधिसभामा एउटा पनि सिट जित्न नसकी बाहिरियो ।

प्रकाशमानले लगातार तेस्रोपटक जितेको यो क्षेत्रमा रवीन्द्र मिश्रले पनि अझै प्रभाव विस्तार गर्न खोजिरहेका छन् । त्यसैले दुवै नेता एक अर्काप्रति उत्तिकै सशंकित छन् । प्रकाशमानलाई आफ्नो विरासत नजोगिएला भन्ने डर छ भने रवीन्द्रलाई दोस्रोपटक पनि यही क्षेत्रबाट पराजय बेहोर्नु पर्ने हो कि भन्ने त्रास छ ।

प्रकाशमानको जितमा कांग्रेस कार्यकर्ताको मात्र नभइ उनकी पत्नी सिर्जना सिंहको पनि उत्तिकै हात छ । यस क्षेत्रमा सिर्जनाले विभिन्न गैरसरकारी संस्थामार्फत काम गरिरहेकी छन् र पति प्रकाशमानको प्रभाव बलियो बनाउन उल्लेख्य योगदान पु¥याइरहेकी छन् ।

सिर्जना पनि मिश्रसँग उत्तिकै सशंकित छन् । मिश्रको पार्टी साझा विवेकशीलले आइतबार राजधानीमा साझा युवा संगठनको केन्द्रीय समिति घोषणा कार्यक्रममा आफूले बोलका कुराहरु समेटिएको लिंक उनले सोमबार सेयर गरे ।

जसमा भनेका छन्– सबै पार्टीका युवा मिलेर सबै पार्टीका ढोकामा गएर सोधौँस् नेताको जीवन कसरी चलेको छरु सो कामको शुरूवात
@Sajha_Party को ढोकाबाट गरौँ र अन्य पार्टीहरुमा जाऊँ। अनि हेरौँ देश बन्छ कि बन्दैन। हिजो साझा युवा संगठनको केन्द्रीय समिति घोषणा कार्यक्रममा मेरो मन्तव्य:

प्रकाशमान पत्नी सिर्जनाले यसको प्रत्युत्तरमा भनेकी छन्– तपाई लगायत धेरैजसोको चपाउने र देखाउने दॉत फरक फरक छन् कसरी थाहा पाउनु र ?

सिर्जना सिंह र रवीन्द्र मिश्र

प्रकाशित : ६ आश्विन २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह