Logo

कर्पोरेट-बजार

‘फोन पे’ले बनायो ५० हजार मर्चेन्ट, ल्यायो ‘दसैं-तिहार, क्युआरबाट व्यापार’ अफर !


GDP Nepal
   १० आश्विन २०७६, शुक्रबार


काठमाडौं । नेपालको पहिलो फोन–पेले ५० हजार मर्चेन्ट बनाउन सफल भएको छ । फोनपेमा विभिन्न १४ प्रकारका मर्चेन्टहरूमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ ।

फोन पे नटेवर्क, बैंक, ग्राहक र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । फोन पेमा ५० भन्दा बढि बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । जहाँबाट नेपालभरका ७० लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ ।

फोन पे ले धेरै भन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्तालाई यसको सदस्य र व्यवसायिक नेटवर्क मार्फत सक्रिय बनाएर आफ्नोे क्षमतालाई ससक्त गर्दैछ ।

५० हजार मर्चेन्ट पुगेको अवसरमा तथा दशैँ तिहारलाई लक्षित गरी फोन पे प्रा.लि.ले ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत हरेक दिन १० जना मर्चेन्टले १ हजार, २ जना मर्चेन्टले ५ हजार, १ जना मर्चेन्टलले १० हजार रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।

यो योजना असोज १ गतेदेखि असोज ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ । साथै एकजना भाग्यशाली मर्चेन्टले दशैँ, तिहार र छठ पर्वपछि १ लाख रूपैयाँ प्राप्त गर्नेछ । विजेता घोषणा कात्तिक १७ गते गरिने जनाइएको छ ।

धेरै व्यवसायीहरूले फोन पे का सदस्य बैंक तथा वालेटमार्फत कारोबार विस्तार गर्दै आफ्ना ग्राहकलाई विभिन्न छुट दिँदै आएका छन् ।

प्रकाशित : १० आश्विन २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह