Logo

सूचना/प्रविधि

टेलिकमको दसैं अफरः रिचार्जमा २०% सम्म बोनस


GDP Nepal
   १३ आश्विन २०७६, सोमबार


काठमाडौं । नेपाल टेलिकमले दसैंको अवसरमा आकर्षक अफर ल्याएको छ। कम्पनीले फोरजी एलटीई र अन्य सेवाहरुमा विशेष छुटसहितका अफर ल्याएको हो। यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु असोज १२ देखि लागू भएका छन् ।

पूरानो सिमलाई फोरजीरएलटीईमा परिवर्तन गर्दा कुनै शुल्क नलाग्ने कम्पनीले प्रष्ट पारेको छ। यो अफर अर्को सूचना जारी नभएसम्मका लागि लागू हुने छ। ग्राहकले *444# डायल गरी सिम परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्ने छन्।

पहिलो पटक फोरजीरएलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधिसहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेकाले *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन्।

पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट ९एमसीए० सेवा कम्पनीले निःशुल्क उपलब्ध गराएको छ। आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

प्रिपेड ग्राहकले पनि आगामी छठ ९कात्तिक १६ गते० सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क लिनसक्ने छन्। आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिन्छ ।

मिस्ड कल अलर्ट (एमसीए) ले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा मोबाइल फोन स्विच अफ भएको समयमा पनि पछि स्विच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलहरुको अलर्ट दिन्छ ।

असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा ग्राहकले बोनस पाउने छन्। यसमा ५०, १०० र २०० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र ५००र १००० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । ५०, १०० र २०० को बोनस ३ दिन भित्र र ५०० र १००० को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ ।

प्रकाशित : १३ आश्विन २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह