Logo

Banner-news

अमेरिकी राष्ट्रपतिको फोन कल क–कसले सुन्छन् ?


GDP Nepal
   १४ आश्विन २०७६, मंगलबार


वासिङ्टन(एजेन्सी): अमेरिकामा एक ह्विल्सलब्लोअरले राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको फोन कलसँग सम्बन्धित जानकारीलाई असामान्य ढंगबाट गोप्य राखेको आरोप लगाएका छन् ।

यसपछि अमेरिकामा यो चर्चा हुन लागेको छ कि राष्ट्रपतिका तर्फबाट कुनै अन्य देशको नेतालाई गर्ने फोन कललाई कसरी अनुगमन गरिन्छ र कुराकानीको विवरणलाई कसरी र किन लुकाइन्छ ।

ह्विसलब्लोअर एक अमेरिकी जासुसी अधिकारी हुन् । उनका अनुसार राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्सीबीच भएको फोन वार्ताको लिखित प्रतिलिपिलाई गोपनीय विद्युतीय लोकेसनमा राखिएको थियो । यो राष्ट्रको सुरक्षाको दृष्टिकोणबाट नभएर राजनीतिक कारणबाट गरिएको थियो ।

यो फोनको प्राथमिक ट्रान्सक्रिप्ट पहिले गोप्य श्रेणीमा गोपनीय राखिन्छ र पुनः यसलाई अति गोप्य रूपमा वर्गीकृत गरिन्छ । यसो गर्नाले यो पढ्नका लागि सम्बन्धित अधिकारीसँग अनुमति लिनुपर्छ ।

ह्विल्सलब्लोअरका अनुसार यो खतराको संकेत थियो । किनभने यसबाट थाहा हुन्छ कि ह्वाइट हाउसका अधिकारीलाई न केवल राजनीतिक किसिमबाट संवेदनशील यो कलको बारेमा थाहा थियो । यो जानकारीलाई अमेरिकी सरकारले अन्य मानिसबाट लुकाउने कोसिस गरिरहेको थियो ।

ट्रम्पका आलोचकका अनुसार यो कलको माध्यमबाट ट्रम्पले राष्ट्रपतिलाई आफ्नो प्रतिद्वन्द्वी राष्ट्रपतिका उम्मेदवार उपराष्ट्रपति जो बाइडेन र उनका छोराको विरुद्धमा जाँच सुरु गर्नका लागि मनाउने प्रयास गरेका थिए । यसको माध्यमबाट उनी आफ्नो राजनीतिक हित पूरा गर्न सक्थे । राष्ट्रपतिका सहयोगीले यो कुराकानीलाई लुकाउने कोसिस गरिरहेको आलोचकहरूले बताएका छन् ।

कसले सुन्छ कल ?
पारम्परिक रूपमा कुनै विदेशी नेतासँग कुराकानी गर्नुभन्दा पहिले अमेरिकी नेसनल सेक्युरिटी काउन्सिल (एनएससी) का अधिकारीले राष्ट्रपतिलाई जानकारी दिन्छन् ।

जुन समयमा विदेशका नेतासँग कुराकानी भइरहेको हुन्छ, जानकारी दिने व्यक्ति पनि राष्ट्रपतिसँग ओभल अफिसमै बसिरहेका हुन्छन् । युएसए टुडेका अनुसार यो अवधिमा एनएससीका कम्तीमा पनि दुई अधिकारी सोही स्थानमा हुने गर्छन् ।

यो समयमा ह्वाइट हाउसको अर्को ठाउँमा केही अधिकारी पनि एक सुरक्षित कोठामा बसिरहेका हुन्छन् र राष्ट्रपतिको कुरा सुनेर टिपोट गरिरहेका हुन्छन् । उनको टिपोटलाई मेमोरेन्डम अफ टेलिफोन कन्भर्सेसन भनिन्छ । यसका लागि छोटो शब्द मेमकन प्रयोग गरिन्छ ।

पछि राष्ट्रपतिको विदेशी नेतासँग भएको फोनको कुराकानीलाई कम्प्युटरको माध्यमबाट लिखिन प्रतिलिपि अर्थात ट्रान्सक्रिप्टमा परिवर्तन गरिन्छ ।
ह्वाइट हाउसका एक पूर्व अधिकारीका अनुसार कम्प्युटरमा राखिएको ट्रान्सक्रिप्टलाई अन्य कर्मचारीद्वारा सुनेर नोट गरिएको कुराकानीसँग मिलान गरिन्छ । फेरि यी दुवैलाई मिलाएर एक दस्तावेज बनाइन्छ । यो लिखित प्रति सटिक नभए पनि यसलाई उपलब्ध संसाधनका हिसाबले अत्यन्त सावधानीसँग तयार पारिन्छ ।

ह्विल्सलब्लोअरका अनुसार जेलेन्सी तथा ट्रम्पबीचको फोन वार्ता लगभग १ दर्जन व्यक्तिले सुनिरहेका थिए ।

एनएससीका एक पूर्व अधिकारीका अनुसार ट्रम्प राष्ट्रपति बनेदेखि फोन कलभन्दा पहिले गरिने ब्रिफिङको व्यवस्था हडबडीमा गरिँदै आएको छ र यो फरक–फरक स्तरको विशेषज्ञता राख्ने मानिसद्वारा गरिने गरिएको छ । उनका अनुसार ट्रम्पलाई आखिरी समयमा कल सुन्नका लागि भन्ने गरिएको छ ।

प्रकाशित : १४ आश्विन २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह