Logo

Banner-news

नेपालको आर्थिक वृद्धिदर भारतकोभन्दा बढी, सरकारी लक्ष्य भने नपुग्ने


GDP Nepal
   २६ आश्विन २०७६, आइतबार


काठमाडौं । चालू वर्षमा नेपालको आर्थिक वृद्धिदर भारतकोभन्दा बढी हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । यद्यपि, बैंकका अनुसार दक्षिण एसियामै अर्थतन्त्रको वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ ।

सन् २०१९ मा नेपालको वृद्धिदर ७.१ प्रतिशत हुँदा भारतको भने ६ प्रतिशतमा सीमिति रहनेछ । तर, यो क्षेत्रमा सबैभन्दा बढी वृद्धिदर बंगलादेशले ८.१ प्रतिशत हासिल गर्नेछ । नेपालले गत वर्ष ६.७ प्रतिशत वृद्धिदर हासिल गरेको थियो भने आगामी दुई वर्ष क्रमशः ६.४ र ६.५ प्रतिशतको वृद्धि हासिल गर्नेछ ।

यो अवधिमा दक्षिण एसियाको समग्र वृद्धिदर भने ५.९ प्रतिशतमात्र हुने छ।

सरकारले भने चालू वर्षमा नै साढे ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ। उच्च आर्थिक वृद्धि हुने दक्षिण एसियाली मुलुकहरुमा नेपाल चौथो देश हुने छ। चालू वर्ष नेपालको स्थान दोस्रो स्थानमा छ।

प्रकाशित : २६ आश्विन २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह