Logo

Banner-news

एनआरएनएमा चुनावी दौड, कांग्रेसको समर्थन निर्णायक हुने !


GDP Nepal
   २८ आश्विन २०७६, मंगलबार


काठमाडौं । नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारबाट काठमाडौंंमा सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने सम्मेलनमा भाग लिन ८१ देशबाट २ हजार ५ सयभन्दा बढी गैरआवासीय नेपाली काठमाडौंमा भेला भइसकेका छन् ।

सम्मेलन तथा महाधिवेशनले सन् २०१९–२०२१ का लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले सबैको ध्यान यसमै खिचिएको छ । अध्यक्षका आकांक्षी दुवै उम्मेदवार र अन्य पदकाले पनि राजनीतिक लबिङ तीब्र बनाएका छन् ।

एनआरएनएमा झन्डै ८० प्रतिशत नेपाली कांग्रेससँग आस्था राख्ने प्रतिनिधिहरु छन् । यसले प्रत्यक्ष राजनीतिक ह्वीप नलागे पनि कांग्रेसले प्रवाह गर्ने सन्देशको ठूलो अर्थ राख्छ । सत्तारुढ नेकपा निकट गैरआवासीय नेपालीहरुको समर्थन उपाध्यक्ष कुमार पन्तलाई भए पनि नेपाली कांग्रेसले भने अर्का उपाध्यक्ष कुल आचार्यलाई समर्थनको औपचारिक निर्णय गरिसकेको छैन ।

पर्वतमा जन्मिएर बेलायतमा व्यवसाय गर्दै रहेका आचार्य कांग्रेस निकट हुन् भने गोरखाका पन्त जर्मनमा व्यवसाय गर्दछन् र उनलाई सत्तारुढ नेकपा निकट मानिन्छ ।

यद्यपि, कांग्रेस निकट एनआरएन अभियन्ताहरु जीवा लामिछाने, रामेश्वर शाह, सुवास अधिकारीहरु भने पन्तको पक्षमा रहेकाले कांग्रेसलाई निर्णय गर्न गाह्रो भइरहेको छ । आचार्यलाई रोक्न पन्तनिकट केही पत्रकारले आरजु देउवाको घरमा बैठक बसेको भन्नेजस्ता समाचार सामाजिक सञ्जालमा व्यापक बनाएका छन् ।

एनआरएनएका दुवै उम्मेदवारमध्ये आचार्य बौद्धिक र तार्किक मानिन्छन् भने पन्त तुलनात्मक रुपमा बढी अनुभवी । आचार्यलाई पूर्वअध्यक्ष शेष घले र पन्तलाई जीवा लामिछानेको समर्थन छ । यसवाहेक संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र वर्तमान अध्यक्ष भवन भट्टको समर्थन कसलाई भन्ने खुलिसकेको छैन । यी दुवैले जसलाई समर्थन गर्छन्, उसैले जित्ने निश्चितप्रायः छ ।

कांग्रेस नेताहरु डा. प्रकाशशरण महत, सुरेन्द्र पाण्डे, अर्जुन जोशीलगायतले एनआरएनए चुनावका लागि कसलाई समर्थन गर्ने भन्ने निर्णय गर्ने बताइएको छ । जसमा आचार्यको सम्भावना प्रवल छ ।

सम्मेलन शुक्रबारसम्म चल्नेछ । सम्मेलन आयोजनाका लागि नेपाल सरकार परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समितिको गठन भइसकेको संघले जनाएको छ । सो आयोजक समितिमा नेपाल सरकारका प्रतिनिधिहरू र सरोकारवाला संघ संस्थाका अध्यक्षहरू रहेका छन् । यसैगरी संघको आन्तरिक आयोजक समिति संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको छ ।

सम्मेलनमा विभिन्न विषयमा समानान्तर सत्रहरू चल्ने जनाइएको छ । सम्मेलनमा नेपाल सरकार, राजनीतिक दल, उद्यमी व्यवसायीहरू, मुलुकको उद्योग व्यवसाय र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नागरिक समाज, समाजसेवी र सञ्चारकर्मीहरूको सहभागिता रहने छ ।

प्रकाशित : २८ आश्विन २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह