Logo

Banner-news

हेल्सिन्की विमानस्थलमा अध्यागमन पार गर्नै १.२५ घण्टा, नेपालमा भने तोडफोड गर्ने एनआरएन !


GDP Nepal
   ३० आश्विन २०७६, बिहिबार


काठमाडौं । गैरआवासीय नेपालीको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा भाग लिन आएका एक अष्ट्रेलियन नेपालीले त्रिभुवन विमानस्थलकको अध्यागमन काउन्टर तोडफोड गरेको घटना अहिले चर्चामा छ ।

रमेशकुमार थापा नामका नेपाली मूलका ति अष्ट्रेलियाली नागरिकमात्र नभइ धेरै गैरआवासीय नेपालीले अध्यागमनमा यस्तै व्यवहार देखाउने गरेको भन्दै अध्यागमन विभागले दुःख प्रकट गरेको छ ।

तर, अधिकांश एनआरएनहरु सिस्टममा चल्ने देशमा काम गर्छन् । उनीहरु कार्यरत देशमा अध्यागमनमा मात्र नभइ जहाँ पनि कानुनी राज हुन्छ र सबै त्यसलाई मान्न बाध्य हुन्छन् ।

हालैमात्र युरोप भ्रमणमा निस्केका चितवनका पर्यटन व्यवसायी सुमन घिमिरेले यसै सम्बन्धमा हेल्सिन्की विमानस्थलको अध्यागमनबारे आफ्नो अनुभव यसरी लेखेका छन् । जसले नेपालमा अभद्र व्यवहार गर्ने एनआरएनहरुलाई चोटिलो व्यंग्य प्रहार गरेको छ ।

प्रस्तुत छ, घिमिरेको स्टाटश जस्ताको तस्तैः
त्रिभुवन विमान्स्थलको लामको बारेमा केही समय अगाडि सामाजिक सन्जालमा कुरा उठेका थिए । हिजो फिनल्यान्डको हेल्सिन्की विमानस्थलमा अध्यागमन पार गर्न १ घण्टा २५ मिनेट लाग्यो । ढिलो भयो भनेर कोही पनि बोलेनन् । अनुशाशित रुपमा लाईनमा बसे ।
प्लेनबाट झरे पछि अध्यागमन पुग्न लगभग ३० मिनट हिड्न पर्यो । अरु देशका विमानस्थल्को अवस्था पनि यही हो । नेपालमा प्लेन बाट झरे पछि ५ मिनेटमै अध्यागमन पुगिन्छ । यो राम्रो पक्ष हो । चाँडै अध्यागमन पार गर्ने हुनाले लगेज समयमा नपुग्या भान हुन्छ । सुधार गर्न पर्ने चिज छन तर लाईनको विषयमा अफवाह नफैलाऔं ।

प्रकाशित : ३० आश्विन २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह