Logo

Banner-news

मुलुककै पहिलो सुरुङमार्ग भोलिदेखि निर्माण सुरु हुँदै, पहिलो फ्लाइओभर पनि बन्ने !


GDP Nepal
   ३ कार्तिक २०७६, आइतबार


काठमाडौं । मुलुकको पहिलो सुरुङमार्गको निर्माण सोमबार सुरु हुने भएको छ । सुरुङमार्गसँगै देशकै पहिलो फ्लाइओभर पनि निर्माण गर्ने सरकारको योजना छ ।

जापान सरकारको सहयोगमा निर्माण हुने सुरुङमार्गले काठमाडौंको थानकोटदेखि धादिङको सिस्ने खोलासम्म जोड्ने छ । करिब २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको सुरुङमार्गको निर्माण भने जापानी कम्पनी हाज्मा एन्ड कर्पोरेसनले गर्नेछ । हाज्माले यसअघि तीनकुनेदेखि सूर्यविनायकसम्मको सडक निर्माण गरेको थियो ।

४२ महिनामा पूरा हुने अनुमान गरिएको सुरुङमार्ग २.७ किलोमिटर लम्बाईको हुनेछ । सुरुङ मार्ग निर्माणका लागि जापानसँग नेपालले ४० वर्षका लागि ऋण लिएको छ ।

१० वर्षपछि नेपालले ऋणको ब्याज तिर्न सुरू गर्नुपर्नेछ । २२ अर्बको आयोजनामा १६ अर्ब ऋण जापानसँग लिइएको हो भने ६ अर्ब रकम नेपालले लगानी गर्दैछ । जापानी ऋणको ब्याजदर ०.०१ हुनेछ ।

सुरुङमार्गमा २६ सय मिटर थानकोटतर्फ र धादिङमा ५ सय मिटरको नयाँ सडकमार्ग निर्माण गरी सिस्ने खोलामा नागढुंगाको तल्लोपट्टी निस्केर खत्रीपैवाको ५ सय मिटर सडकले राजमार्गलाई जोड्ने छ ।

सुरुङमार्गसँगै यस क्षेत्रमा ४ सय मिटर लम्बाईको पहिलो फ्लाइओभरसमेत बलम्बुमा निर्माण हुनेछ । मुलुककै पहिलो यो फ्लाइओभरले त्रिभुवन राजपथको ट्रफिकलाई अवरोध नगरी सवारीसाधन आवजजावत गर्न मिल्नेछ ।

प्रकाशित : ३ कार्तिक २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह