Logo

Banner-news

सी चीनफिङले चीनविरोधीको हड्डी भाँच्ने चेतावनी किन नेपालमै दिए ?


GDP Nepal
   ४ कार्तिक २०७६, सोमबार


काठमाडौं (एजेन्सी): चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमण सम्पन्न भएको एक साताभन्दा बढी भइसके पनि यसबाट सिर्जित तरंगले विश्वभर खैलाबैला मच्चिएको छ । खासगरी उनले चीनविरोधी गतिविधि गर्नेहश्रलाई कठोर चेतावनी दिँदै चीनलाई फुटाउने कोसिस गरे हड्डी भाँचिदिने बताएकाले तरंग सिर्जना भएको हो ।

चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार जिनपिङको यो चेतावनी नेपाल भ्रमणको समयमा आएको हो । उनले नेपालमा अमेरिका तथा युरोपेली मुलुकबाट प्रश्रय भइरहेका चीनविरोधी गतिविधि बढिरहेकोतर्फ संकेत गरेका हुन् । यसकारण शालीन नेताले यस्तो अभिव्यक्तिका लागि नेपाललाई नै रोजेका हुन् ।

चीनमा कसैले स्वतन्त्रताको वकालत गरेमा उनीहरूको हड्डी भाँच्ने चेतावनी दिएका हुन् । नेपालका नेताहरूसँगको वार्ताका क्रममा उनले भने, “यदि चीनको कुनै पनि हिस्सामा मुलुकलाई बाँड्ने कोसिस गरे भने उनीहरूको हड्डी तोडिनेछ । कुनै बाहिरी शक्तिले यस किसिमको कोसिसको समर्थन गरेका छन् । उनीहरू चीनको नजरमा दिनमै सपना देख्ने मानिसहरू हुन् ।”

उनको यो कडा चेतावनीलाई विभिन्न रूपमा हेरिन थालिएको छ । नेपालमा तिब्बतको स्वतन्त्रताका लागि केही तिब्बती कार्यकर्ताले राष्ट्रपति चीनफिङको विरोध गरिरहेका थिए ।

यी प्रदर्शनकारीविरुद्धमा नेपाल सरकारले कडा कारबाही गरिरहेको छ । सी चीनफिङको यो बयानलाई जोडेर अन्य सन्दर्भको पनि व्याख्या गरिन थालिएको छ । हङकङमा विगत ४ महिनादेखि जारी विरोध प्रदर्शनलाई पनि उनको यो अभिव्यक्ति लक्षित भएको व्याख्या समेत गर्न थालिएको छ ।

आइतबार हङकङमा कैयौं शान्तिपूर्ण ¥याली पनि निकालिएको थियो ।

यता सी चीनफिङको नेपाल भ्रमणको समयमा दुई देशबीच कैयौं दिपक्षिय मुद्दामा सहमति बनेको छ । चीनले नेपालका कैयौं पूर्वाधार आयोजनामा काम गर्नेछ ।

प्रकाशित : ४ कार्तिक २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह