Logo

Banner-news

मध्यरातमा गाउँपालिकाको कागजात र फर्निचर लुटपाटः वडाध्यक्ष संलग्न, अध्यक्षको निर्देशन !


GDP Nepal
   ५ कार्तिक २०७६, मंगलबार


दोलखा । स्थानीय तहको केन्द्र आफ्नै गाउँमा लैजान दोलखाको एउटा गाउँपालिकाका तीन वडाध्यक्षले मध्यरातमा साविकको कार्यालय लुटपाट गरेका छन् । उनीहरुले गाउँपालिका अध्यक्षकै संरक्षणमा यसरी लुटपाट गरेका हुन् ।

कालिञ्चोक गाउँपालिकाको केन्द्र लामो समयदेखि विवादका थियो । गाउँपालिकाको सुनखानीमा रहेको कार्यालय बान्द्रेथलीमा लैजान यसरी कागजात र फर्निचर लुटपाट गरिएको हो ।

गाउँपालिका वडा नं. ५, ६ का वडाअध्यक्षको नेतृत्वमा आइतबार राति सुनखानीमा रहेको कार्यालयबाट महत्वपूर्ण कागजात निकालेर वडा नं. ५ बान्दे्रथली पु¥याएका छन् ।

उनीहरुले अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतका कुर्सीसहित लिएर बिहानसम्म बान्द्रेथलीका रत्नबहादुर खड्काको घरमा नयाँ कार्यालय स्थापना गरेका छन् । खड्काको घर गाउँपालिका कार्यालयका लागि भाडामा लिएका हुन् ।

गाउँपालिकाको केन्द्रको विषयलाई लिएर यसअघि जनप्रतिनिधिहरुबीच कुटाकुट समेत भएको कालिञ्चोकमा पुःन सोही विषयमा लफडा सुरु भएको छ । आइतबार राति वडा नम्बर ४, ५ र ६ का वडा अध्यक्ष सहित १३ जना गाउँ कार्यपालिका सदस्यहरुले विज्ञप्ति जारी गर्दै हाल गाउँपालिकाको केन्द्र रहेको सुनखानीबाट लापिलाङ बान्द्रेथली लगेका हुन् ।

गाउँपालिकाको केन्द्र बान्द्रेथलीमा राख्ने निर्णय भएपनि जवर्जस्ति सुनखानीमा राखिएकोले सर्वसम्मत निर्णय भएको ठाउँमा कार्यालय राख्न कागजात तथा कुर्सीहरु सारिएको वडा नम्बर ५ का वडा अध्यक्ष सुबास थामीले बताए ।

गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले गाउँ कार्यपालिका र गाउँ सभाले निर्णय गरेर वडा नम्बर ५ (साविक लापिलाङ गाविस) को बान्द्रेथलीमा केन्द्र राख्ने निर्णय भएको जिकिर गरेका छन् । यद्यपि उनले भने स्थानीयले सोही निर्णय कार्यान्वयनको लागि सुनखानीमा रहेको गाउँपालिकाको कागजातहरु, कुर्सी लगायतका सामग्री लगेको बताए ।

गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले भने आइतबार राति कालिञ्चोक गाउँपालिकाको केन्द्र सुनखानीबाट अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बस्ने कुर्सी, लेखा शाखाका महत्वपूर्ण कागजातहरु लगायतका सामग्रीहरु चोरी भएको आरोप लगाइन् ।

प्रकाशित : ५ कार्तिक २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह