Logo

बैंक / बिमा /शेयर

लक्ष्मी बैंकको माई कार्ड आइडियाज प्रतियोगिताको विजेता टीशा श्रेष्ठ


GDP Nepal
   ६ कार्तिक २०७६, बुधबार


काठमाडौं । लक्ष्मी बैंकले सञ्चालन गरेको ‘माई कार्ड आइडियाज’नामक क्राउडसोर्सिङ्ग प्रतियोगिताको विजेताको घोषणा गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत डिजाइनर टीशा श्रेष्ठलाई उक्त प्रतियोगिताको विजेताका रुपमा घोषणा गरिएको हो ।

क्राउडसोर्सिङ्गको अवधारणा अन्तर्गतबैंककाग्राहकहरुको रचनात्मकतालाई उजागर गर्ने अवसर प्रदानगर्दै सहकार्यको माध्यमबाट बैंकको नयाँभिसा कार्डको डिजाइन बनाउने उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालनगरिएको थियो ।

क्राउडसोर्सिङ्गको अवधारणामा यस्तो प्रतियोगितागर्ने लक्ष्मी बैंक पहिलो बैंक हो । साधारणतया क्राउडसोर्सिङ्ग भनेको जनसमुदायमाझनिश्चितकार्य आउटसोर्स गर्ने प्रक्रियालाई जनाउँछ ।

यस प्रतियोगिताअन्तर्गत नेपालका सातैवटा प्रदेशको विविध संस्कृति, सम्पदा र प्राकृतिक सुन्दरताझल्काउने अवधारणा सहितको बैंकको नयाँभिसा कार्डको डिजाइन आव्हानगरिएको थियो । नयाँभिसा कार्डहरुले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्घनमा समेत सहयोग पुग्ने अपेक्षागरिएको छ ।

एक महिनासम्मचलेको यस प्रतियोगिताबाट प्राप्त डिजाइनहरुबाट विज्ञ निर्णायकहरुको समूहले टीशा श्रेष्ठको डिजाइनलाई उत्कृष्ट घोषित गरेको हो । विजेता श्रेष्ठले सातैवटा प्रदेशको कार्डको डिजाइनवापत कूल ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

कार्यक्रममा विजेता डिजाइनहरुको समेत अनावरण गरिएको थियो ।

प्रकाशित : ६ कार्तिक २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह