Logo

Banner-news

अमेरिकी सेनाको घेराउमा परेपछि ‘सुसाइड भेस्ट’ विस्फोट गर्दै मारिए अल–बग्दादी


GDP Nepal
   ११ कार्तिक २०७६, सोमबार


सिरिया (एजेन्सी): आतंककारी संगठन इस्लामिक स्टेट (आईएस) का नेता अल–बग्दादी मारिएका छन् । विश्वमा सबैभन्दा खोजी गरिएका व्यक्तिका रुपमा रहेका बग्दादीको मृत्युलाई अमेरिकाले ठूलो सफलता मानेको छ भने राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रोपटक निर्वाचन जित्ने अभियानमा सहयोग पुग्ने ठानिएको छ ।

बीबीसीका अनुसार सिरियाको इड्लिब क्षेत्रमा अमेरिकी फौजको कारबाहीमा बग्दादीले प्राण त्यागेका हुन् । सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारिक रूपमा आतंककारी तोक्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार घोषणा गरेको थियो ।

अबु बकर अल-बग्दादी

बग्दादी अमेरिकी फौजको घेरामा परेका थिए भने त्यसपछि उनले आफूसँग रहेको ‘सुसाइड भेस्ट’ विस्फोट गराएर प्राण त्यागेका थिए । मारिनेहरूमा उनकी दुई श्रीमती पनि थिए ।
बग्दादी मारिएपछि ट्रम्पले खुसी मनाउँदै उनलाई समात्नु अथवा मार्नु आफ्नो प्रशासनको प्रमुख राष्ट्रिय सुरक्षा प्राथमिकता रहिआएको बताए । ट्रम्पले ठूलो संख्यामा बग्दादीका अनुयायीहरू मारिएको र नियन्त्रणमा लिइएको दावी गरेका छन् ।

तर, बग्दादी मारिँदैमा आतंककारी गतिविधि समाप्त भइसकेको भन्न नमिल्ने विश्वका प्रमुख नेताहरुले बताएका छन् ।

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले अल–बग्दादी मारिनु आईएसका लागि एउटा झट्का भए पनि त्यो एउटा कदममात्रै भएको प्रतिक्रिया दिएका छन् । यस्तै, ब्रिटेनले पनि यो एउटा महत्वपूर्ण क्षण भए पनि आईएसको अन्त्य नभएको प्रतिक्रिया दिएको छ ।

प्रकाशित : ११ कार्तिक २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह