Logo

Banner-news

नेपालगञ्जमा पनि शङ्खधर साख्वा चोकः विभूतिको नाममा राजनीति ?


GDP Nepal
   १२ कार्तिक २०७६, मंगलबार


काठमाडौं । काठमाडौं उपत्यकाका गरीब जनताको ऋणमोचन गरेका राष्ट्रिय विभूति शङ्खधर साख्वाको सम्मानका लागि पश्चिम नेपालको नेपालगञ्जमा पनि ‘शङ्खधर साख्वा चोक स्थापना गरिने भएको छ ।

नेपालगञ्जको कारकाँदो चोकमा शङ्खधर साख्वाको शालिक स्थापना गरी नामाकरण गरिनुपर्ने पक्षमा सहरी विकासमँत्री मोहम्मत इस्तियाक राईसमेत उभिएका छन् ।

मन्त्री राईले सोमबार नेपालगञ्जमै आयोजित कार्यक्रममा भने, शङ्खधर साख्वाको सम्मान गर्न सकेमात्र नेपाल र नेपालीको गौरव बढ्ने छ । देशको विभूतिको नाममा चोक नामाकरण गर्ने अभियानमा कसैले राजनीति गर्न हुँदैन ।

शालिक स्थापनाका लागि शङ्खधर साख्वा चोक फाइनल हुनासाथ रकम उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए । संसदीय विकास कोष र शहरी विकास मन्त्रालयले शालिक स्थापनाका लागि सहयोग गर्ने उनको भनाइ छ ।

यस्तै, नेपाल संवतलाई प्रचलनमा ल्याउनुपर्ने मन्त्री राईको भनाइ छ । नेवार समुदाय नेपालको सबैभन्दा पुरानो आदिवासी भएको जिकिर गर्दै उनले नेवारी लिपी र नेपाल संवत्को संरक्षणका लागि राज्यले ठोस् नीति ल्याउनुपर्ने बताए ।

प्रकाशित : १२ कार्तिक २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह