Logo

बिजनेस होम

नेपालमा सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्स कोर्स सुरु


GDP Nepal
   १४ कार्तिक २०७६, बिहिबार


काठमाडौं । नेपालमा सर्टिफाईड म्यानेजमेन्ट एकाउन्टेन्ट्स सघन (इन्टेन्सिभ) कोर्स सुरु भएको छ । द इन्ष्टिच्युट अफ सर्टिफाईड म्यानेजमेन्ट एकाउन्टेन्ट्स अष्ट्रेलिया (आईसीएमए) द्वारा संचालित र एकेडेमी अफ म्यानेजमेन्ट एकाउन्टेन्सी नेपाल (एम्यान) को आयोजनामा कोर्स शुरु भएको हो ।

कार्स अन्तर्गत पहिलो ब्याचको कार्यक्रममा अन्तर्राष्टिÞय क्षेत्रका ख्यातीप्राप्त ब्यबस्थापन बिज्ञहरु सि.एम.ए, प्रोफेसर, डा.ब्रान्डन ओकोनल, सि.एम.ए, प्रोफेसर, डा जनेक रत्नातुंगा, सि.एम.ए डा क्रिस डिसुजाले कक्षा संचालन गरेका छन् । । उनीहरु अष्ट्रेलियाबाट आएका हुन् ।

परिवर्तित विश्व परिस्थितिमा व्यवस्थापन बिज्ञको बढ्दो आबश्यकता परिपुर्ति गर्न नेपालमा पनि यस खाले कोर्षको शुरुवात गरिएको व्यवस्थापनले जनाएको छ ।

हाल विश्वमा द ईन्ष्टिच्युट अफ सर्टिफाईड म्यानेजमेन्ट एकाउन्टेन्ट्स अष्ट्रेलिया(आइ.सि.एम.ए) ले ३० भन्दा बढी देशमा सर्टिफाईडम्यानेमेन्ट एकाउन्टेन्सी कोर्ष सञ्चालन गरिरहेको जनाइएको छ ।

देशको अर्थतन्त्रलाई गतिशिल बनाउन कष्ट एण्ड म्यानेजमेन्टको क्षेत्रलाई पनि ध्यान दिनु उत्तिकै जरुरी भएको भन्दै नेपालमा पनि सर्टिफाईड म्यानेजमेन्ट एकाउन्टेन्टको आबश्यकता महशुस गरि कोर्स सुरु गरिएको जनाइएको छ । यो बिषयको अध्ययनले नेपालमा रहेका सबै लेखा व्यबसायीहरुलाई अझ परीस्कृत भई लेखाव्यबसाय गर्न सहयोग पुर्याउने उल्लेख छ ।

सातदिन सम्म संचालित सो तयारी कक्षा हाल ३५ जना बिभिन्न क्षेत्रका लेखाव्यबसायमा संलग्न ब्यक्तिहरुले लिएका छन् । यस अघि ७ जनाले नेपालबाट सो को पेशागत प्रमाणपत्र लिएका थिए । आज नेपालको पहिलो व्याचको सातदिनको तयारी कक्षा सम्पन्न भएको छ । अबको ६ महिनाभित्र यस व्याचको परिक्षा सम्पन्न गरिने छ । यो तयारी कक्षाका ३५ जनामध्ये बिशेषत: रजिष्र्टड अडिटर्श, सिपिए, र बिभिन्न निकायका डाईरेक्टरहरु छन् ।

यो कोर्ष लिनका लागि व्यबस्थापनमा स्नातकोत्तर गरी व्यबस्थापकीय कार्यमा ५ बर्षको अनुभब भएका वा कुनै पनि सर्टिफाईड एकाउण्टीङ्ग रेगुलेटरी बडि (सिपिए, सिए, आरए, एसिसिए, आदि) का सदस्यहरु, जो संग २० बर्षको व्बस्थापन बिषयको अनुभव छ, उनीहरुले पनि यो कोर्ष लिनसक्नेछन् ।

प्रकाशित : १४ कार्तिक २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह