Logo

Banner-news

दिल्लीको वायु प्रदूषण काठमाडौं आइपुग्दैन तर तराई जोखिममा !


GDP Nepal
   १९ कार्तिक २०७६, मंगलबार


काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा देखिएको विषाक्त हावाको प्रभाव नेपालको राजधानी काठमाडौंसम्म आइनपुग्ने भए पनि यसबाट नेपालको तराई क्षेत्र भने प्रभावित हुने देखिएको छ ।

वातावरण विभागका अनुसार तराईका केही जिल्लामा यसको असर देखिन थालिसकेको छ भने धुलो काठमाडौंसम्म नै आइपुग्ने सम्भावना न्यूनमात्र छ । तराईका जिल्लामा धुलोका साना कणबाट जोगाउने खालका मास्क लगाउन विभागले सर्वसाधारणलाई अनुरोध पनि गरेको छ ।

विभागले तराईका क्षेत्रमा धुलो मापन गरेको छ । यस्तो प्रदूषण मापनमा लुम्बिनी, सौराहा र नेपालगञ्जमा मापदण्डभन्दा बढी धुलोका कण देखिएको विभागले जनाएको हो । नेपालको राष्ट्रिय मापदण्डअनुसार पीएम २.५ भनिने सूक्ष्म कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पार्दछ ।

यद्यपि, राजधानी काठमाडौंमा समेत मापदण्डभन्दा धेरै विषाक्त कण हावामा पाइएको छ तर यस्ता कण दिल्ली प्रदूषणको प्रभाव भने नरहेको विभागले जनाएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा भने प्रदूषण औसत ८०० माइक्रोग्राम प्रति घनमिटरभन्दा बढी पुगेको छ । विषाक्त हावाको प्रभाव कम त्यहाँ सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ भने विद्यालयहरू बन्द गरिएको छ ।


दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले प्रदूषणको स्तर असह्य भएको बताउँदै सर्वसारधारणलाई विषाक्त हावाको प्रभावबाट बच्नका लागि सरकारले जारी गरेको सुझावको पालना गर्न अनुरोध गरेका छन् ।

प्रकाशित : १९ कार्तिक २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह