Logo

Banner-news

तीनपटक टेन्डर गर्दा पनि बिक्री नभएको बोइङ–७५७ अब द्विपक्षीय मोलमोलाइबाटै


GDP Nepal
   २२ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले बोइङ–७५७ एसीबी विमान ग्लोबल टेन्डर आह्वान नगरी द्विपक्षीय मोलमोलाइबाट बिक्री गर्ने भएको छ । निगमले आपसी समझदारीबाटै यो जहाज बिक्री गर्ने जनाएको छ ।

निगमले ३ पटक ग्लोबल टेन्डर आह्वान गर्दा पनि विमान खरिदको लागि उपयुक्त कम्पनीको टेन्डर नपरेकोले समझदारीमा जाने निर्णय गरेको हो ।

करिब ६ महिना अगाडि बिक्री गर्ने तयारी भएको बोइङ–७५७ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हस्तक्षेपका कारण त्यसै थन्किएर बसेको छ ।अब भने सूचना जारी गरेर निगमले आपसी समझदारीमै खरिद गर्न आउने कम्पनीलाई बाटो खोलेर वार्तामार्फत विमान बिक्री गर्न लागिएको निगमका प्र्रवक्ता गणेशबहादुर चन्दले बताएका छन् ।

चन्दका अनुसार निगमले कही दिनमानै सूचना प्रकाशित हुँदैछ । विमान खरिद गर्नको लागि इच्छुक कम्पनीहरूसँग वार्तामार्फत विक्री प्रक्रिया टुंगो लगाउँनेछ ।

सञ्चालक समितिले कार्यविधि बनाएरै बिक्री प्रक्रिया अगाडि बढाएको हो । बढी मूल्य तिर्ने कम्पनीलाई विमान बिक्री गर्नेनिगमको भनाइ छ ।विमानको मूल्यांकन गर्नको लागिस्वीस कम्पनी फिन्टेक ग्लोबललाई छनोट गरिएको थियो ।

कन्सल्ट्यान्ट छनोट गरेको कम्पनीले विमान बिक्रीको लागि प्रतिवेदनमा बढीमा ५२ हजार ९६ लाख अमेरिकी डलर कममा ४३ लाख ३३ हजार अमेरिकी डलरमा बिक्री गर्न सकिने सुझाउदै प्रतिवेदन वुझाएको थियो ।

मर्मतसम्भार गर्नका लागि धेरै रकम खर्च गर्नु परेको र विमान पुरानो हुँदै गएकाले विमानको सञ्चालन,इन्धन खर्च बढिरहेको पाइएपछि निगमले कर्णाली विमान वेच्ने निर्णय निगमले गरेको थियो । सन् १९८०मा तत्कालीन शाही समयमा अमेरिकन वोइङ कम्पनी सँग ऋणमा विमान खरिद गरिएको थियो ।

प्रकाशित : २२ कार्तिक २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह