Logo

सूचना/प्रविधि

सामसङको ट्रिपल रियर क्यामरायुक्त स्टाइलिस ग्यालेक्सी ए–२० एस बजारमा


GDP Nepal
   २४ कार्तिक २०७६, आइतबार


काठमाडौं । नेपालको लोकप्रिय इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड सामसङले हालै ग्यालेक्सी ए२० एस बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी ए–२० एसमा नयाँ विशेषताहरु राखिएका छन् ।

कनेक्टिभिटिको नयाँ जमानामा आफ्नो अनुभवलाई क्याप्चर गरी सेयर गर्न चाहने नयाँ पुस्ताको लागि यो फोन विशेषतःनिर्माण गरिएको छ । ग्यालेक्सी ए परिवारको नयाँ सदस्य, ग्यालेक्सी ए २० एसमा ट्रिपल रियर क्यामरा, १५ वाटको फास्ट चार्जिङ एवं आकर्षक डिजाइन रहेको छ ।

यो फोन युवामिलेनियल्स एवं जेन्जीहरुलाई स्मार्ट फोनको उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । ग्यालेक्सी ए २० एस को विकास ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी गरिएको हो । यसमा शानदार डिस्प्ले, उत्कृष्ट ट्रिपल क्यामरा तथा ऐना जस्तै फिनिसिङको साथ आकर्षक डिजाइन रहेको छ ।

लाइभ सम्बाद शेयर गर्न, लगातार फोटो क्याप्चर गर्न, लाइभ भिडियो स्ट्रिम गर्न तथा साझाअनुभवको साथ कनेक्ट गर्नको लागिमोबाइलफोनको प्रयोग गर्ने गरिन्छ । यस्तै आवश्यकताहरुलाई परिपूर्ति गर्न ग्यालेक्सी ए २० एस को आविष्कार गरिएको हो । यसले दैनिकजीवनलाई अझै सहजता प्रदान गर्नेछ ।

८ एमएम स्लिम डिजाइन युक्त यस फोन आकर्षक नयाँ रङ्गहरुमाउपलब्ध रहेको छ ।

प्रकाशित : २४ कार्तिक २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह