Logo

Banner-news

आज ११.११ दराजको सेल डेः जान्नुहोस् कसरी फाइदा उठाउने !


GDP Nepal
   २५ कार्तिक २०७६, सोमबार


काठमाडौं । नेपालको बृहत अन्लाईन शपिङ साइट दराजले संसारकै सबैभन्दा ठुलो सेल डे ११.११ सेल (एक दिनको सेल) आज कात्तिक २५ गते अर्थात नोभेम्बर ११ मा आयोजना गरिरहेको छ ।
यो एक दिनको सेलम ादराजले भाउचरहरु, फ्लेश सेल, ३ हजारभन्दा बढि विक्रेता सँग मिली ३ लाख भन्दा बढिसामानहरुमा आकर्षक छूट्हरु लगायत अन्य धेरै अफरहरु लिएर आएको छ ।

उपभोक्ताहरुले दराजको ६ बैंकिङ्ग पार्टनरहरु नबिल, नेपाल इन्भेष्टमेन्ट, सानिमा, मेगा, स्ट्यान्डर्ड चार्टर्ड र एनआइसी एसियाका डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २० प्रतिशत वा मेगा सेलमा ३,५०० रुपैयाँसम्मको छूट पाउनेछन् ।

दराजका अनुसार यसपाली उपभोक्ताहरुले टप ब्रान्डहरुमा राम्रा मेगा डिलहरुको अपेक्षा गर्न सक्नेछन् । जस्तो कि रेड्मी नोट७ प्रो, हुवाइ पी ३०, र वान प्लस ७ मा ठूलो छूट हुनेछन् भने आइ फोन ११ प्रीअर्डर, र वान प्लस ७ टी प्रो को पनि लन्च हुनेछ ।

सामसंग, मिडीआ, विडीयोकोन, होम्ग्लोरी जस्ता ठूला ब्रान्डहरुले फ्रिज, एसी, टीभी,वाशीङ मशीन, रुम ग्यास हिटर, आदीसामानहरुमा ठुलो छुट दिनेछन् । यसको साथ साथै डेल, ब्ल्याक एंड डेकर, फिलिप्स, यासुदा, वलपूल, फ्यान्टेक, मन्त्र, कमिलिआन्त, आडिडास, सोनाम गियर्स, एजीवि, प्रख्या, टाइटन्, भ्यान्स, रंगोली, नाइकी, गोल्ड्स्टार, हिमालय, ज्युवास, र व्यंजन जस्ता ब्रान्डहरुले पनि छूट दिनेछन्। ब्रान्ड पिच्छे छूट फरक फरक छन् ।
कम्पनीका अनुसार यसमा उपभोक्ताहरुले ३०% देखि लिएर ८०% सम्मको छूटको अपेक्षा गर्न सक्नेछन । जस्तो कि टाइटनका उत्पादनहरुमा २५% को छूट;मन्त्रनाइकी,गोल्ड्स्टार, र ज्युवासका उत्पादनहरुमा३५% को छूट;भ्यान्सका उत्पादनहरुमा ५०% सम्मको छूट;आडिडास र सोनाम गियर्सका उत्पादनहरुमा ७० % सम्मको छूट;र अन्य अरु धेरै ।
यो सेल २४ घण्टा को लागि मात्र हुने हुँदा उपभोक्ताहरुले यस को पूरा लाभ उठाउन दराज एप पहिलेनै डाउनलोड गर्नुपर्छ र नोटिफिकेसन अन राख्नुपर्छ । साथै दराज नेपाल भरि का उपभोक्ता र बिक्रेतालाई मिलाउने अनलाइन बजार भएकोले यस बजार मा थुप्रै बिक्रेता हुने गर्दछन जसले गर्दा एउटै समान फरक फरक मूल्यमा पाउन सीकन्छ ।

उपभोक्ताहरुले बिक्रेता ले दिएको मूल्य, बिक्रेता को रेटिङ्ग, र अरु उपभोक्ताहरुले दिएको प्रतिक्रिया हेरि मात्र आफूलाई मनपर्ने सामान किन्नुपर्दछ । साथै उपभोक्ताहरुले ११.११ भन्दा पहिले नै विभिन्न बिक्रेताको पसल फलो गरेहुन्छ, भाउचर बटुले हुन्छ र आफूलाई मनपरेको सामान आफ्नो कार्टमा हाले हुन्छ । यसको माथि दराजमा डेबिट र क्रेडिट कार्ड बाट किन्दाछूट पाउने भएकोले कार्डको उपयोग गर्दा झन् फाइदा हुन्छ ।

यस सालको ११.११मेगा उपहारमा यामाहा रे जेड आर स्ट्रीट ¥याली स्कुटर रहेको छ । उक्त स्कुटर जित्ने मौका पाउन केवल दराज को ११.११ मा शपिंग गरे पुग्छ । लकी ड्र द्वारा एक बिजेता घोषित हुनेछ ।

साथै दराज ले यसपाली को ११.११ मा उपभोक्ताहरुले भाउचर तथा उपहारहरु जित्ने अवसर पाउन भनि सामाजिक संजाल मा प्रतियोगिता र रमाइला प्रत्यक्ष्य विडियोहरुका साथैइन–एप गेमहरु, शेकशेक, दराज साथी, एड टु कार्ट अफर लिएर आएको छ ।

प्रकाशित : २५ कार्तिक २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह