Logo

Banner-news

पुँजीवादी चीनः हरेक दुई दिनमा एक नयाँ अर्बपति !


GDP Nepal
   २७ कार्तिक २०७६, बुधबार


वासिङ्टन (एजेन्सी): सिद्धान्तमा कम्युनिष्ट तर व्यवहारमा चरम पुँजीवादी राष्ट्रका रुपमा उदाएको नेपालको उत्तरी छिमेकी चीन अर्बपति उत्पादन कारखानाजस्तै भएको छ । पछिल्लो तथ्यांकअनुसार चीनमा हरेक २ दिनमा एक नयाँ अर्बपति जन्मिन्छन् ।

यूबीएस र पीडब्लूसीले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार क्षेत्रीय रुपमा र अन्तरिक रुपमा पनि विभिन्न समस्या बाबजुद चीनले प्रत्येक दुई दिनमा एक नयाँ अर्बपति जन्माउँदै आएको छ । यूबीएसका प्रमुख जोसेफ सडलरका अनुसार विश्वकै दोस्रो ठूलो अर्बपतिको भूमि रहेको चीन र एसिया प्रशान्त क्षेत्रमा गिरावट आएकाले समग्रमा अर्बपतिको संख्या र सम्पत्ति दुवैमा गिरावट आएको ।

यतिमात्र नभै गत वर्ष विश्वकै धनीहरूले ३ सय ८८ अर्ब डलर गुमाएका छन् । उनीहरूको सम्पत्तिमा पनि गिरावट आएर ८.५३९ ट्रिलियन डलर कायम भएको छ । भूराजनीतिक धरमर र अस्थिर इक्विटी बजारका कारण उनीहरूको सम्पत्ति गुमेको बताइएको छ ।

चीनका सुपर रिचको कुल सम्पत्तिमा भने १२.८ प्रतिशतले गिरावट आएको छ । धितोपत्र बजारमा आएको गिरावट र कमजोर अवस्थाको स्थानीय मुद्राका कारण चिनियाँहरूको सम्पत्तिमा पनि गिरावट आएको छ । देशको आर्थिक वृद्धि सुस्त भएकाले पनि अर्बपतिको सम्पत्तिमा कमी आएको छ ।

त्यसो त अमेरिकाबाहेक विश्वव्यपाी रूपमा जताततै अर्बपतिको संख्यामा गिरावट आएको छ । यद्यपि, यो वर्ष पुनः अर्बपतिको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : २७ कार्तिक २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह