Logo

Banner-news

पप्पु कन्स्ट्रक्सनको आठौं आश्चर्यः वीरगञ्ज-बरियारपुर सडक ८ महिनाअगावै बनायो !


GDP Nepal
   २८ कार्तिक २०७६, बिहिबार


काठमाडौं । ठेक्का लिएर कहिल्यै समयमा काम नगर्ने र गुणस्तरीय निर्माणसमेत नगरेको भन्दै देशैभर बदनाम पप्पु कन्स्ट्रक्सनले हुलाकी राजमार्गको एक खण्डमा समयअगावै काम सम्पन्न गरेर सबैलाई आश्चर्यचकित बनाएको छ ।

पप्पु कन्स्ट्रक्सनले वीरगञ्ज-बरियारपुर सडक निर्धारित समयभन्दा ८ महिनाअघि नै बनाएको हो । ३० महिनामा सम्पन्न गर्नेगरी २०१७ जनवरीमा ठेक्का पाएको पप्पुले समयअगावै काम सक्दा यस वर्षको गढिमाई मेलामा जाने भक्तजनले धुले सडकको सास्ती खेप्नु नपर्ने भएको छ ।

वीरगञ्जको प्रतिमाचोकदेखि बाराको बरियारपुरसम्म करीब २० किलोमीटर सडकअन्तर्गत स्थानीयले अरोध पु¥याएको कलैयाका एकाध स्थानबाहेक अधिकांश खण्डमा कालोपत्रे सम्पन्न भइसकेको छ । हुलाकीको सो खण्डअन्तर्गत ८० प्रतिशत काम पूरा भइसकेको हुलाकी सडक परियोजना कार्यालय वीरगञ्जले जनाएको छ ।

आयोजनाले आयोजनाले सन् सो खण्डको ठेक्का लगाएको थियो । ३० महीनाभित्र काम पूरा गर्ने गरी स्वच्छन्द, समा र पप्पु कन्स्ट्रक्सनले संयुक्तरुपमा ८५ करोड रुपैयाँमा ठेक्का लिएका छन् । यो सडकखण्ड कुनै अप्रत्यासित अवरोध नभएमा तोकिएको समयभन्दा करीब ८ महीनाअघि नै पूरा हुने पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारले बताए ।

सडकमा डेढ मीटर माटो पुरेर त्यसमाथि कालोपत्रेसहित ७० सेन्टिमीटरको सतह बनाइएको छ । ७ मीटर फराकिलो कालोपत्रे, ३ मीटर फुटपाथ र २ मीटरमा नाला निर्माण भएको रौनियारले जानकारी दिए । हुलाकीले बदलिँदै बरियारपुरः एसियामै प्रसिद्ध धार्मिकस्थल गढीमाई बाराको बरियारपुरमा पर्दछ ।

स्तरीय सडकको अभावमा भक्तजनलाई आवतजावतमा समस्या हुने गरेकोमा यो राजमार्ग समयमै स्तरोन्नति भएपछि यहाँको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने स्थानीयबासिन्दा बताउँछन् । गढीमाईमा प्रत्येक ५ वर्षमा धार्मिक मेला लाग्दछ । यो वर्ष मंसिरमा मेला लाग्दैछ । अहिले मेलाको तयारी चलिरहेको छ ।

गढीमाई अत्याधिक बली चढाइने मेलाको रुपमा प्रख्यात छ । अन्य समयमा पनि यहाँ छिमेकी जिल्ला र भारतका सीमावर्ती क्षेत्रबाट भक्तजनको भीड लाग्ने गरेको छ । हुलाकी मार्गको स्तरोन्नतिसँगै सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास स्थानीयको छ ।

प्रकाशित : २८ कार्तिक २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह