Logo

Banner-news

योगेशले दुई महिनामै बोली फेरे, निजगढ विमानस्थल मंसिरमा शिलान्यास नहुने !


GDP Nepal
   २८ कार्तिक २०७६, बिहिबार


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको जोश दुई महिनामै हराएको छ । नेपालको नागरिक उड्डयन क्षेत्रमा गेमचेन्जर मानिएको निजगढ विमानस्थल मंसिरभित्रै हजारौं मानिस लगेर शिलान्यास गर्ने घोषणा गरेका मन्त्री भट्टराई अहिले यू–टर्न भएका छन् ।

मन्त्री भट्टराईले निजगढ विमानस्थल सुरु गर्न नसकेको दोष अब अरु नेताको थाप्लोमा हाल्न थालेका छन् । प्रदेश २ का केही नेताले विमानस्थल अन्यत्र बनाउनुपर्ने अभिव्यक्ति दिएपछि त्यसैलाई बहाना बनाएर उनी पछि हटेका हुन् ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीसहित उपस्थित भएका भट्टराईले विमानस्थलको शिलान्याश मंसिरभित्र नहुने स्पष्ट संकेत गरेका हुन् ।

निजगढमा विमानस्थल नबनाउन सांसददेखि ठूला नेताहरूले नै दबाब दिएको भन्दै उनी पन्छिए । यद्यपि, निजगढमा दोस्रो विमानस्थल बनाउन सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति नै छ । तर, भट्टराईले आफ्नो कमजोरी लुकाउन अमूर्त अभिव्यक्तिको सहारा लिन थालेका छन् ।

आफूलाई व्यक्तिगत रूपमा भेटेर ठूलाबडा नेताहरुले नै परियोजना रोक्ने प्रयास गरेको उनको अभिव्यक्तिलाई पत्याउने आधार देखिँदैनन । उनले ठूला नेताको नाम सार्वजनिक गरेका छैनन् ।

प्रकाशित : २८ कार्तिक २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह