Logo

Banner-news

नेपालमा ऊर्जाको बजार छैन भन्ने गलत हल्ला चलिरहेको छः अर्थमन्त्री


GDP Nepal
   ७ मंसिर २०७६, शनिबार


काठमाडौं । ऊर्जा क्षेत्रमा लगानी गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले आह्वान गरेका छन् ।

ऊर्जा सम्मेलनको दोस्रो दिन ‘नेपालको ऊर्जा क्षेत्रमा लगानी र क्षेत्रीय विकास’ विषयक शत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले विदेशी बैंक तथा अन्तर्राष्ट्रिय वित्त साझेदारलाई ऊर्जामा लगानीका लागि आग्रह गरेका हुन् ।

अहिले नेपालमा इन्धनमार्फत उत्पादन हुने (फोसिल फ्युल) ऊर्जाको खपत धेरै मात्रामा रहेकोले यसलाई केही वर्षभित्रै १५ प्रतिशतले कम गर्ने उनको भनाइ छ ।

संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्य अनुसार नै नेपालमा विकासका काम कारवाही अगाडि बढिरहेकोले नवीकरणीय ऊर्जामा लगानी गरेर प्रतिफल लान समस्या नभएको उनको भनाइ छ ।

‘म विदेशी लगानीकर्तालाई नेपालको समग्र ऊर्जामा लगानी गर्न आव्हान गर्दछु । लगानीको प्रतिफल फिर्ता लैजान नेपालले सहज वातारण सिर्जना गरेका छ’ उनले भने ।

नेपालमा एक किसिमको गलत हल्ला चलेको छ । ऊर्जा बजार छैन भन्ने भ्रमण छ त्यसलाई चिर्नुपर्ने उनको भनाई छ ।

सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गरिरको छ । आगामी पाँच वर्षमा प्रतिव्यक्ति विद्युत् खपतको दरलाई बढाएर १ हजार ५०० युनिट बनाउने योजना रहेको उनले सुनाए नेपालका बैंकले उत्पादनमूलक क्षेत्रमा गरेको लगानीले गति लिदै गरेकोले पनि उनले निजी बैंक तथा वित्तीय संस्थालाई अहिलेकै गतिमा लगानी विस्तार गर्न आह्वान गरे ।

उनले भने ‘नेपालको जलविद्युत् तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न क्राउड स्रोर्स फाइनान्सिङको व्यवस्था गर्न लागको जानकारी दिए । यसका लागि सरकारले स्वादेश तथा विदेशमा सोही अनुसार लगानी जुुटाइने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै एसियाली पूर्वाधार विकास बैंकका महानिर्देशक यी यिन पाङले नवीकरणीय ऊर्जामा लगानी विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनले नेपालको जलविद्युत् क्षेत्रका तीन वटा आयोजनामा लगानी गरिरहेको र निकट भविष्यमै ठूला आयोजनमा लगानी गर्नका लागि तयारी भएको उनले जानकारी दिए ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले नेपालका बैंकहरूले जलविद्युतमा लगानी विस्तार गरिरहेको जानकारी दिए । उनले नेपालमा राजनीतिक स्थिरता र कानुुनमा सुधार गर्नुपर्ने आवश्यकता औल्याए ।

निजी क्षेत्रका लगानीकर्ता कुुशकुुमार जोशीले नेपालमा जलविद्युुतका आयोजना समयमा नै नसकिने समस्या रहेको बताए । त्यसका लागि यो क्षेत्रमा लगानी बढाउन आवश्यक कानुुन संशोधन गर्न सुझाए । बैंकहरूले यो क्षेत्रमा गरेको लगानीको ऋणमा ब्याज धेरै भएकोले घटाउनुपर्ने पनि जोशीले बताए ।

नेदरल्याण्ड डेभलमेन्ट बैंक (एफएमओ)का एसिया क्षेत्रका ऊर्जा प्रमुख गिर्ट फिजनटले नेपालको ऊर्जा क्षेत्रमा धेरै लगानी गर्न उत्सुक रहेको जानकारी दिए । विदेशी लगानी ल्याउन हेजिङ फन्डको व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले ऊर्जा क्षेत्रमा लगानी पारदर्शी रूपमा भए आयोजना विकास गर्दा कुनै समस्या नहुने अनुुभव पनि सुनाए ।

हाइड्रोइलेक्ट्रिसिटी एन्ड इन्भेस्टमेन्ट कम्पनीका सीईओ छविराज पोखरेलले नेपाल ऊर्जा तथा पुुर्वाधारको क्षेत्रमा भर्जिन ल्याण्ड रहेकोले विदेशी लगानीकर्तालाई जतिसक्दो धेरै लगानी गर्न आग्रह गरे ।

प्रकाशित : ७ मंसिर २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह