Logo

Banner-news

रेमिट्यान्सको मुहान सुक्दैः आकर्षक गन्तव्य कोरियाबाटै माग सुस्तायो


GDP Nepal
   १३ मंसिर २०७६, शुक्रबार


काठमाडौं । नेपाली अर्थतन्त्रलाई संकटमा पनि भरथेग गर्दै आएको वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सको मुहान सुक्दै जान थालेको छ । खाडी मुलुक, मलेसियापछि अब श्रमिकको पहिलो रोजाइको गन्तव्य कोरियाबाटै नेपाली कामदारको माग घट्न थालेको छ ।

पछिल्लो समय कोरियाको अर्थतन्त्रमा मन्दी आएसँगै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने नेपाली श्रमिकको माग सुस्ताएको बताइएको छ ।

कोरियाको निर्यातमुखी अर्थतन्त्रमा आएको गिरावटको असर त्यहाँको साना तथा मझौला उद्योगमा पर्न थालेपछि रोजगारदाताले विदेशी श्रमिकको मागमा गरेको कटौतीको असर नेपालमा समेत परेको हो ।

कोरियाले भाषा परीक्षालाई दोस्रो र सीप परीक्षणलाई पहिलो प्रथामिकतामा राखी छनोट प्रक्रियामा कडाई गरेपछि नेपालमा समेत कोरियाको रोजगारीप्रति आर्कषण घटेको छ ।

कोरियाली मानव संशाधन विकास बोर्डका महानिर्देशक किम सुङ्ग जाएको नेतृत्वमा नेपाल आएको टोलीले समेत कोरियाको साना तथा मझौला उद्योगमा मन्दी आएका कारण नेपाली समयमा कोरिया प्रवेश गर्न नसकेको बताएका छन ।

वैदेशिक रोजगार विभागमा ईपीएस प्रणालीको प्रभावकारितका बारेमा छलफल गर्दै महानिर्देशक जाएले कोरियाली अर्थतन्त्रमा आएका संरचनागत परिवर्तनले गर्दा यसअघि नै रोष्टरमा रहेका नेपाली कामदारहरू रोजगारीका लागि जान समय लागेको बताए ।

कोरियाले सन २०१७ को भाषा परीक्षामा छनोट गरेर कोरिया जाने प्रतिक्षा सूचीमा रहेका कृषी क्षेत्रका ७ हजारमध्ये हालसम्म ५ हजार नेपाली श्रमिक कोरिया प्रवेश गरिसकेका छन् ।

कोरियाली पक्षसँगको छलफलमा वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले कोरियाली मानव संशाधन विकास बोर्डका महानिर्देशक जाएसँग सन् २०१७ मा भाषा परीक्षा उत्तीर्ण गर्नेहरू र प्रतिबद्ध सूचीमा रहेका कामदारहरूलाई यथासम्भव छिटै रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गरिदिन अनुरोध गरेका छन् ।

प्रकाशित : १३ मंसिर २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह