Logo

Banner-news

झापाका किसानले किन लगाए पाक्न लागेको धानमा आगो ?


GDP Nepal
   १५ मंसिर २०७६, आइतबार


झापा । असारमा मानो रोपेर मंसिरमा मुरी फलाउने उखान नेपालमा निकै लोकप्रिय छ । तर, खाइनखाइ लगाएको धान काट्ने बेला रोगले खेतमै आगो लगाउनुपर्ने अवस्था आयो भने के होला ? झापाका किसानलाई यतिबेला त्यस्तै भएको छ ।

पाक्नै लागेको धानमा फड्के कीरा लागेपछि यतिबेला झापाका किसान खेतमा धमाधम आगो लगाइरहेका छन् । कीराको सङ्क्रमणले धानबाली सखाप भएपछि खेतमै आगो लगाउन किसान बाध्य भएका हुन् ।

फड्के कीराको संक्रमणका कारण धान उत्पादनको भण्डार मानिने झापामा २ सय २५ बिघामा उत्पादन भएको धान खेतमा नै आगो लगाउनु परेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

धान पसाउने बेलामा फौजी कीराको सङ्क्रमण झेलेका किसान धान पाक्ने बेलामा फड्के कीराको सङ्क्रमण झेलिरहेका छन् ।

किसानका अनुसार फड्के कीराले धानको जरा काटेपछि आगो लगाउनुपरेको हो । भुसुनाजस्तो देखिने कीराले एकैरातमा पाकेको धानको दाना भुस बनाउने गरेको छ । दुईचार दिनभित्रमै खेतको धान कीराले सखाप बनाएपछि किसानको लगानी नै खेर गएको छ ।

मेचीनगरकी कृषक धनमायाले ९ कठ्ठा धान खेती डढाएकी छन् । उनले डेढ बिघामा धान लगाएकी थिइन् । “धान पोटाउँदै थियो, बिस्तारै बोट सुक्न थाल्यो,” उनले भनिन्, “अन्य आम्दानीको स्रोत छैन, यही धान बेचेको पैसाले घर खर्च गर्ने, फेरि अर्को साल खेती गर्ने काम गथ्र्यौँ, धान पाक्यो अब थन्काउने भन्ने बेलामा यस्तो बिपत आइलाग्यो ।”

प्रकाशित : १५ मंसिर २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह