Logo

Banner-news

वानप्लस सेभेन टी प्रो नेपालमा, मूल्य ९९,९९९ रुपैयाँ !


GDP Nepal
   १६ मंसिर २०७६, सोमबार


काठमाडौं । विश्वमा निकै लोकप्रिय मोबाइल वानप्लसको सेभेन टी प्रो नेपालमा पनि सार्वजनिक भएको छ । आधिकारिक विक्रेता ग्लोबल मोबाइल टेक्नोलोजी कम्पनीले प्रिमियम फ्ल्यागसीपको नयाँ स्मार्टफोन वानप्लस सेभेन टी प्रो नेपालमा बिक्री सुरु गरेको हो ।

कम्पनीका अनुसार वानप्लस ७ टि प्रो हेज ब्लु भेरियन्टमा उपलब्ध छ र यसको मूल्य ९९ हजार ९ सय ९९ रुपैयाँ रहेनछ ।

वानप्लस ७ टीप्रो मा ६.६७ इन्चको fluid AMOLED 3120×1440 HD+ रिजोलुशन छ र कर्निङग गोरिला ग्लास ५ र HDR10/HDR+ सर्टिफाइड ९० एचजेड डिस्प्लेको साथमा १९.५ः९ स्क्रिीन रेसियो रहेको छ । 

यसलाई शक्तिशाली स्न्यापड्रेगन ८५५ अक्टा कोर प्रोसेसर र 7nm Andreno 640 चिपसेट रहेको छ । यो एन्ड्रोइड १०.० र OXygenn ओएस १०.०.४ मा चल्छ । वानप्लस ७ टीप्रो मा स्टोरेजका लागि २५६ जीबी यूएफएस ३.० स्टोरेज र ८ जीबी LPDDR4X छ । 

वानप्लस ७ टीप्रो मा मोटोराइज्ड पपअप १६ एमपी फ्रन्ट क्यामेरा, f/1.6 अपर्चर भएको ४८ एमपी प्रमुख क्यामेरा, १६ एमपी अल्ट्रावाइड, ८ एमपी, तीन गुणा अप्टिकल जुम, पिडीएएफ, लेजर एएफ, ओआईएस डुअल एलईडी फ्लास, एचडीआर र पानारोमा जस्ता विशेषता रहेको छ । 

यसको साथै सुरक्षालाई मध्यनजर गर्दै वानप्लस ७ टीप्रो मा ०.२८ सेकेण्डको फेस अनलक र अन्डर डिस्प्ले फिङ्गरप्रिन्ट रहेको छ ।

वानप्लस ७ टीप्रो मा वाईफाई कनेक्टीभिटी, ब्लुटुथ ५.०, एनएफसी, जीआरएस र डब्लुल्यान जस्ता विशेषता छ । वानप्लस ७ टीप्रो मा ४०८५ mAH फास्ट ब्याट्री चार्जर ३० वाट्ट (५भी, ६ ए) चार्जिङग टेक्नोलोजी रहेको छ ।

प्रकाशित : १६ मंसिर २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह