Logo

Banner-news

निगमको आँखा अष्ट्रेलियामा, क्वोञ्चौ र साउदी अरेबियामा छिट्टै


GDP Nepal
   १९ मंसिर २०७६, बिहिबार


काठमाडौं । सरकार जमानी बस्दै जहाज किनिसकेर पनि क्षमताअनुसार चलाउन नसकेको राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको ध्यान अष्ट्रेलियातर्फ केन्द्रीत भएको छ । नेपालबाट बर्सेनि ठूलो संख्यामा विद्यार्थी जाने गरेको तथा अधिकांश उतै सेटलसमेत भइसकेकाले एनआरएनलक्षित उडानका लागि निगमले यो मुलुक रोजेको हो ।

अष्ट्रेलिया उडानका लागि निगमले हाल अध्ययन समिति पनि गठन गरेको छ । सो समितिको रिपोर्टपछि निगमले कुटनीतिक र व्यावसायिक च्यानलमार्फत अष्ट्रेलिया उडानका लागि पहल गर्नेछ । यो मिसनमा सफल भए निगमको इतिहासमै नयाँ ब्रेक थ्रु हुने अपेक्षा गरिएको छ ।

त्यसो त नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा निगमले नयाँ गन्तव्य खोजीलाई पनि तीव्र बनाएको छ । निगमले हालै जापानको नारिता उडान अनुमति पाएको छ भने चीनको क्वोञ्चौ उडान गर्ने पनि निश्चित भएको छ । यता साउदी अरेबियामा पनि उडान गर्ने तयारी निकै अघि बढाइसकेको निगमले जनाएको छ ।

नारितामा ग्राउण्ड ह्यान्डलिङको सुविधा नपाउँदा योजना अनिश्चित बने पनि यस सेवाको अनुमति पाएको छ । नारिता उडानका लागि ग्राउण्ड ह्याण्डलिङ, इन्धन र स्लट सेवाको सहमति गरेको भएको पनि निगमको भनाइ छ ।

नारितामा साताको तीन दिन उडान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको निगमले उल्लेख जनाएको छ । यसअघि निगमले नारितामा ए ३३०–२०० जहाजमार्फत चार्टर उडान गरिसकेको छ । भदौ १२ देखि जापानकै ओसाकामा सीधा उडान सुरु गरेको निगमले यात्रु पाउन नसकेपछि नारिता उडानका लागि पहल गर्दै आएको थियो ।

साताको तीन उडानबाट सुरु गरेको निगमले हाल ओसाकामा दुई दिनमात्रै उडान गर्दै आएको छ । नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई विशेष प्राथमिकता दिइएको निगमले बतायो ।

लामो सयमदेखि चीनमा उडानका लागि प्रयाश गर्दा पनि स्लट पाउन नसकेको निगमले अब भने ग्वाङ्जाओ उडान गर्ने भएको छ । निगमले जनवरीको अन्तिम सातादेखि ग्वाङ्जाओ सीधा उडान गर्ने तयारी गरेको छ ।

चिनियाँ सिभिल एभिएसनले उडानका लागि स्वीकृति दिएपछि प्राविधिक तयारी गरिरहेका जनाएको छ । चिनियाँ सिभिल एभिएसनको सुरक्षा चासोलाई निगमले सम्बोधन गरेको भन्दै निगमले ग्वाङ्जाओ उडानका लागि स्लट पाएको हो ।

चीनसँग भएको हवाई सम्झौताका बेला चीनको नागरिक उड्डयन प्रशासन र नेपालका अधिकारीबीच छलफल भई आवश्यक कागजात आदान–प्रदान गरी उडान सञ्चालन गर्ने समझदारी बनेको थियो । तर, चीनले सुरक्षलगायत विभिन्न समस्या देखाउँदै आउको थियो ।

निगमले ग्वाङ्जाओमा सातामा तीन दिन उडान गर्ने तयारी गरिरहेको बताएको छ भने चीनको राजधानी बेइजिङ र सांघाई उडानका लागि पनि चिनियाँ नियामक निकायसँगको पहल जारी राखेको पनि बतायो ।

हाल नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले गत कात्तिक १० देखि चीनको राजधानी बेइजिङमा र मंसिर ४ देखि चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा सिधा उडान सुरु गरिसकेको छ ।

प्रकाशित : १९ मंसिर २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह