Logo

सूचना/प्रविधि

नेपाल टेलिकम १३ औं सागको साझेदार प्रायोजक


GDP Nepal
   १९ मंसिर २०७६, बिहिबार


काठमाडौँ, १४ मंसिर । नेपाल टेलिकम मंसिर १५ देखि जारी १३ औं दक्षिण एशियाली खेलकूद ९साग० को पार्टनर स्पोन्सर बनेको छ ।

कम्पनीले १३ औं दक्षिण एशियाली खेलकूद प्रतिस्पर्धामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निःशुल्क फोरजी सिमकार्ड समेत उपलब्ध गराएको छ ।

काठमाडौँ, जनकपुर र पोखरामा खेलिने यस खेल महोत्सवमा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुका लागि कम्पनीले ४ हजार ५ सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको छ ।

सागको पार्टनर स्पोन्सर रहेको नेपाल टेलिकमका सेवाहरु सो खेलमा भाग लिन आउने विदेशी खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै काउण्टर राखी साग आयोजक कमिटीले प्रदान गरिरहेको छ ।

एकताको भावनामा बढोत्तरी गर्नसक्ने ठानिएको यो खेल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि नेपाल टेलिकमले खेल अवधिभर खेलस्थलहरुमा अतिरिक्त मोबाइल टावरको व्यवस्था गरेको छ ।

मोबाइल भ्यान तथा खेल स्थल वरपर थप गरिएका अन्य मोबाइल टावरहरुबाट सञ्चालित नेटवर्कले त्यस क्षेत्रमा कम्पनीका सेवाहरु सहजै र तीव्र गतिमा उपलब्ध हुनेछन ।

कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्री लगायत सम्पूर्ण खेलकर्मीहरुको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ ।

यसका लागि ११६६ कजयचत अयमभ मार्फत कल गरेर यो सेवा लिन सकिने छ । कम्पनीले खेलस्थलहरुमा ग्राहक सेवाका साथै फोरजी लगायत अन्य सेवाको प्रचारप्रसार तथा व्यवसाय प्रवद्र्धन कार्यका लागि स्टल समेत राख्ने भएको छ ।

नेपाल टेलिकमले यस खेलमा सहभागी सम्पूर्ण खेलाडी तथा पाहुनाहरुलाई सुस्वास्थ्यको कामना गर्दै खेलकोे ऐतिहासिक सफलताको शुभकामना समेत व्यक्त गरेको छ ।

प्रकाशित : १९ मंसिर २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह