Logo

Banner-news

चीनप्रति अमेरिकी नीति पछ्याउँदै विश्व वैंकः चीनलाई दिने ऋण कटौती हुने !


GDP Nepal
   २१ मंसिर २०७६, शनिबार


वासिङ्टन (एजेन्सी): अमेरिका र चीनबीचको सम्बन्धमा समस्या रहिरहेका बेला विश्व बैंकले पनि चीनप्रति कडाइको संकेत गरेको छ । अमेरिकी सरकारको नीतिहरुको पक्षपोषण गर्दै आइरहेको आरोप लागिरहेको विश्व बैंकले चीनलाई दिने ऋणमा कटौती गर्न लागेको समाचार छ ।

तर, विश्व बैंकले अमेरिकी नीतिको प्रभाव भन्ने कुरालाई ठाडै अस्वीकार गरेको छ । उसका अनुसार विश्व वैंकको चीनसँगको सम्बन्ध नयाँ चरणमा प्रवेश गरिरहेको र यस परिस्थितिमा आगामी पाँच वर्षमा बहुपक्षीय उक्त संस्थाले दिने ऋणमा बिस्तारै कमी आउने दावी गरेकोे छ ।

चार दशकको उच्च वृद्धि दर र गरिबी निवारणपछि चीन विकासको नयाँ चरणमा प्रवेश गरेको छ र यसले उच्च प्रकार जीवन र दीर्घकालीन विकासको बाटो अवलम्बन गर्दै विकासका नयाँ चुनौतिलाई सम्वोधनको प्रयास गरिरहेको छ, सन् २०२० देखि सन् २०२५ को चीनका लागि नयाँ राष्ट्रिय साझेदारी ढाँचा (सीपीएफ) रिपोर्टमा उल्लेख छ ।

सीपीएफ रिपोर्ट अनुसार विश्व वैंकको चीनसँगको सहकार्य ‘मजबुत रहने’ तरपनि ऋणमा कमी आउने हुँदा ‘कार्यक्रममा व्यापक छनोट’ गरिनेछ । चीनले विश्वको सार्वजनिक सामानमा हुने योगदान र संस्थागत रिक्ततालाई केन्द्रमा राखेर यो निर्णय लिएको वैंकले बताएको छ ।

बैंकबाट पुनः निर्माण र विकासका लागि मध्यम–आय भएका विकासोन्मुख मुलुकलाई ऋण प्रदान गर्ने गर्छ । वैंकले हरेक बर्ष औसतमा चीनलाई उक्त शीर्षकमा एक अर्ब देखि डेढ अर्ब अमेरिकी डलर ऋण दिने गरेको थियो । यसलाई विस्तारै घटाइँदै लगिनेछ । तर चीनको अनुभवको आदानप्रदानलाई बढाउने अपेक्षा विश्व वैंकले गरेको छ ।

प्रकाशित : २१ मंसिर २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह