Logo

Banner-news

जापान जान ४९७ नेपालीले भाषा परीक्षामा दिएकोमा ४४१ जना फेल !


GDP Nepal
   २४ मंसिर २०७६, मंगलबार


काठमाडौं । नेपाली युवाको रोजगारीका लागि वैध माध्यमबाट जापान जाने सपना पूरा नहुने सम्भावना देखिएको छ । जापानले तोकेको आधारभूत मापदण्ड अर्थात भाषा परीक्षामा नेपाली युवाको कमजोर प्राप्तांकका कारण यस्तो अवस्था देखिएको हो ।

नेपाली युवासँगै भाषा परीक्षा दिएका मंगोलिया, इन्डोनेसिया, कम्बोडिया र फिलिपिन्सका परीक्षार्थीभन्दा कमजोर नतिजा नेपालीको देखिएको समाचारमा जनाइएको छ ।

जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा नेपालको नतिजा सहभागी पाँच राष्ट्रमध्ये सबैभन्दा कमजोर देखिएसँगै नेपाली युवाको जापान जाने सपनामा तुषारापात भएको छ । गत कात्तिकमा लिइएको आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा परीक्षा दिएका जापान फाउन्डेसनले प्रकाशित गरेको नतिजा तालिकामा नेपालबाट ४९७ जना सहभागी थिए ।

यसरी ४९७ जनामा ५६ जनामात्र उत्तीर्ण भएका छन् । नतिजाअनुसार सबैभन्दा बढी मंगोलियाबाट ६१ प्रतिशत र नेपालबाट ११ प्रतिशतमात्र उत्तीर्ण भएका छन् । स्ट्यान्डर्ड डेभिएसनमा भने नेपाल तेस्रो भएको परीक्षाको व्यवस्थापन गर्दै आएको जापान फाउन्डेसनले जनाएको छ ।

केही समयअघि नेपालले केयरगिभरको लागि माग गर्ने श्रमिक कोटा बढाउन अनुरोध गरेपनि भाषा परीक्षामा भने न्यून संख्यामा उत्तीर्ण भएका छन् ।भाषा परीक्षामा सहभागी हुन १३ हजार नेपालीले आवेदन दिएको जापान फाउन्डेसनले जनाएको छ । जसमा लक्की ड्रमार्फत १ हजार जनालाई छानेर नर्सिङ केयर गिभर र भाषा परीक्षामा सामेल गराइएको थियो ।


भाषा परीक्षापछिको सीप परीक्षणमा सहभागीमध्ये कति नेपाली उत्तिण भए भन्नेबारे सरकारले आधिकारिक धारणा माग गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए ।

प्रकाशित : २४ मंसिर २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह