Logo

Banner-news

दराजको भोलिदेखि अर्को किनमेल मेला १२.१२ सुरु हुँदै, ६० प्रतिशतसम्म छुटको घोषणा !


GDP Nepal
   २५ मंसिर २०७६, बुधबार


काठमाडौं । दराजले वर्षको अन्तिम भव्य किनमेल मेला दराज १२.१२. को घोषणा गरेको छ । दराजको १२.१२ अभियानयही मंसिर २६ देखि पुस २ सम्म सञ्चालन हुने जनाइएको छ ।

दराजले ११.११. को भव्य सफलतापछि अर्को अफर ल्याइएको जनाएको छ । जसमा उपभोक्ताहरुले अन्तर्राष्ट्रिय र स्वदेशी टप ब्राण्डहरुका सरसामानहरुमा ६० प्रतिशतसम्मको छुट पाउनेछन् भने मेगा डिलहरु, क्रेजी भाउचरहरु पाउनुका साथै मिसन १२.१२. र वान रुपी गेमजस्ता नयाँ र रमाइला गेमहरुमा भाग लिई उपहारहरु प्राप्त गर्नसक्ने छन् ।

उपभोक्ताहरुले दराजका बैंकिङ्गपार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अनलाइन पेमेन्ट गर्दा थप २० प्रतिशत अथवा १५०० रुपैयाँ सम्मको छूट पाउनेछन् ।

यसअघि दराज ११.११ मा दराज एप र वेबसाइटमा ३.५ लाखभन्दा बढी प्रयोकर्ताहरुको उपस्थिति थियो जुन गत वर्षको भन्दा ७५ प्रतिशत बढी हो । यसपाली को ११.११ मा ३ हजार भन्दा बढी बिक्रेता थिए र ५० हजारभन्दा बढी उपभोक्ता थिए । दराजले २४ भन्दा बढी सहरहरु मा १.५ लाखभन्दा बढी सामानहरुको व्यापार गराउन सफल भएको दाबी गरेको छ ।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङका अनुसार ११.११. को फाईदा उठाउन नपाएकाहरुलाई लक्षित गरी नयाँ अभियान सुरु भएको हो ।

प्रकाशित : २५ मंसिर २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह