Logo

Banner-news

सनराइज बैंकको ऋणपत्र पूरै बिक्यो, ३ अर्बको बिक्रीसँगै राष्ट्र बैंकको निर्देशन पूरा !


GDP Nepal
   ३० मंसिर २०७६, सोमबार


काठमाडौं । सनराइज बैंकले जारी गरेको सात वर्षे ऋणपत्र पूर्ण रुपमा बिक्री भएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निस्कासन गरेकोमा पूर्ण रुपमा बिक्री भएको जनाएको छ ।

गत कात्तिक २० गते निष्कासन गरिएको उक्त ऋणपत्र छिटोमा कात्तिक २४ गते र ढिलोमा मंसिर १९ गतेसम्म बिक्री खुला रहेको थियो । अन्तिम मितिसम्म सबै ऋणपत्र बिकेको हो ।

१०.२५ प्रतिशत व्याज प्रदान गरिने उक्त ऋणपत्र बिक्रीसँगै प्राथमिक पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशन पूर्ण पालना भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार सर्वसाधारण निष्कासनको तर्पmबाट ४५ करोड ३८ लाख २९ हजार रुपैयाँ बराबरको ४,५३,८२९ कित्ता र परिपत्र विधिको तर्पmबाट २ अर्ब ५४ करोड ६१ लाख ७१ हजार रुपैयाँ बराबरको २५,४६,१७१ कित्ता ऋणपत्र बिक्री भएको बैंकले जनाएको छ ।

ऋणपत्रको बाडफाँड गत शुक्रबार गरिएको थियो । बैंकले अघिल्लो आर्थिक वर्षमा पनि १ अर्ब रुपैंया बराबरको ऋणपत्र बिक्री गरेको थियो ।

बैंकले हाल १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउण्टर, १४७ वटा एटीएममार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬

प्रकाशित : ३० मंसिर २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह