Logo

बैंक / बिमा /शेयर

लक्ष्मी बैंकको चुक्ता पुँजी अब ९ अर्ब ८१ करोड, १९ औं साधारणसभाबाट लाभांस पारित !


GDP Nepal
   ७ पुस २०७६, सोमबार


काठमाडौं । लक्ष्मी बैंकको चुक्ता पुँजी अब ९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । १९ औं साधारणसभाबाट लाभांस पारित भएसँगै पुँजी झन्डै १० अर्ब हाराहारीमा पुगेको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै साधारण सभाले संस्थापक शेयरधनीका तर्फबाट मनोनित सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ ।

आ.व. २०७५÷७६ मा ८०.३२ अर्ब निक्षेप र ७७.८४अर्ब कर्जा पु¥याएको बैंकको वासलातको आकार भने १०६ अर्ब रहेको छ । गत आवमा बैंकले १ अर्ब ५९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकका अनुसार सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्थाअनुरुप नै राम्रो अवस्थामा रहेका छन् ।

सन् २००२ मा स्थापनाभएको लक्ष्मी बैंकले आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफल भएको जनाएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुदपनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण वित्तीय सेवाको क्षेत्रमा सेवा पु¥याउने एक प्रमुख बैंकिङ्ग सेवाप्रदायकको रुपमा बंैक अगाडी आएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ– उच्चस्तरीय संस्थागत सु–शासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधीलगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमालक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ ।

यस्तै, लक्ष्मी बैंक एक हरित कम्पनीहो र यसले इन्टरनेट, कार्ड तथामोवाइलफोन जस्ता प्रविधिकामाध्यमको उच्चतमप्रयोग मार्फत हरियाली मैत्री बैंकिङ्ग सेवाप्रदानगर्न सक्षम भएको जनाइएको छ ।

लक्ष्मी बैंकको इन्भेष्टमेन्ट बैंकिङ्ग सेवाप्रदानगर्ने सहायककम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायककम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु गरी लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।

लक्ष्मी बैंकले लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्विटि फण्ड नामकदुईम्यूचुअल फण्ड समेत सफलतापूर्वक जारी गरिसकेको छ ।

प्रकाशित : ७ पुस २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह