Logo

Banner-news

मलेसियाली कम्पनी म्याक्स-मनीले रेमिट्यान्स पचाउन सकेन, हिमालयन बैंकलाई फर्कायो ३१ करोड !


GDP Nepal
   ८ पुस २०७६, मंगलबार


काठमाडौं । अन्ततः मलेसियाली कम्पनी म्याक्स मनीले हिमालयन बैंकलाई पठाउनुपर्ने रेमिट्यान्सवापतको करिब ३१ करोड रुपैयाँ फिर्ता गरेको छ । नेपाली कामदारले पठाएको रकम अपचलन गरेको मलेसियाली रेमिट कम्पनी म्याक्सले बल्ल केही अंश फिर्ता पठाएको हो ।


म्याक्सले हिमालयन बैंकलार्ई ४९ करोड रुपैयाँ तिर्नुपर्नेमा जम्मा ३१ करोड रुपैयाँ फिर्ता गरेको छ भने १८ करोड साँवामात्र फर्काउन अझै बाँकी छ । कम्पनीले मलेसियास्थित नेपाली कामदारसँग पैसा उठाएर लामो समयसम्म पनि नेपाल नपठाएपछि नेपाल राष्ट्र बैंकको पहलमा सो रकम फिर्ता भएको हो ।

हिमालयन बैंकले नेपाल पैसा पठाउने कामदारका आफन्तलार्ई भुक्तानी दिए पनि म्याक्सले हिमालयन बैंकलार्ई पैसा दिन आनाकानी गरेको थियो । तर केन्द्रीय बैंकले सक्रियतापूर्वक मलेसियन सेन्ट्रल बैंकसँग छलफल गरी सम्बन्धित कम्पनीमार्फत् सो पैसा फिर्ता गराएको हो ।

हिमालयन बैंकले नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेपछि राष्ट्र बैकको रोहवरमा पैसा भुक्तानी दिनुपर्ने र लिनुपर्ने कम्पनीबीच सम्झौता गराएको थियो ।

सम्झौताअनुसार विवाद नभएको ३१ करोड रुपैयाँ म्याक्सले नेपाल राष्ट्र बैंक मार्फत पठाएको केन्द्रीय बैंकले एक अधिकारीले बताए । बाँकी रहेको १८ करोड रुपैयाँ विवादित रकम भएको हुनाले विवाद सल्टाउँदै किस्ताबन्दीमा मासिक रूपमा ब्याजसहित भुक्तानी दिने सहमतिअनुसार केही समयपछि पठाउने ति अधिकारीको भनाइ छ ।

प्रकाशित : ८ पुस २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह